इटहरी । सुनसरीको इटहरी उपमहानगरपालीका वडा नम्बर ९ मा जनता पार्क बन्ने भएको छ । लामो समय देखि क्रिकेट पिचको रुपमा प्रयोग हुदै आएको उक्त स्थानमा जनता पार्कको शिलान्यास भएको हो । निकै तामझामका साथ प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्ने भन्दै उपमहानगरले नगरभरि प्रचारप्रसार गरिएको थियो ।
जनतापार्क बन्ने चर्चा चलेसंगै बिवादमा आएको उक्त योजना खेलप्रेमि बिरुद्ध भएको भन्दै खेलेडीहरुले नगरपालीकामा ज्ञापनपत्र समेत बुझाएका थिए । नगर प्रमुख द्धारिकलाल चौधरीको एकल योजनामा बन्न लागेको जनता पार्कको कारण इटहरीमा रहेको एक मात्र क्रिकेट पिच मासिने र त्यसले खेलाडीको भबिश्यमाथी खेलवाड गरेको भन्दै खेलाडीले बिरोध गरेका हुन । सुनसरी क्रिकेट संघका अध्यक्ष सीपी पौडेलका अनुसार बिकल्प नखोजी खेल मैदान पार्कमा परिणत गर्नु गलत भएको बताएका छन् ।
शिलान्यासको लागी मुख्यमन्त्री आउने प्रचार गरेको भएपनि मुख्यमन्त्रीको भने उपस्थिति देखिएन । प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री नआउने भएपछि स्थानिय १०८ बर्षे बृद्धालाई प्रमुख अतिथि बनाईयो । उपमहानगरपालीकाको कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमको पनि उपस्थिति रहेको थिएन । अझ अचमको दृश्य पार्क बन्ने मैदानमा प्रहरी, शशस्त्रको भिडले भरिएको थियो । पार्कको शिलान्यासमा सुरक्षाको व्यवस्था हेर्दा कुनै युद्ध मैदान भन्दा कम थिएन । आफ्नै जनतासंग सुरक्षाको महसुस नगर्नु र खेल मैदान मास्नु अव्यवहारिक भएको स्थानियको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया