इटहरी । परम्परागत , पोषिला एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं , असल पोषणका लागि खानेबानीमा सुधार गरौं भन्ने नाराका साथ सुनसरीको इटहरीमा सुरु हुन लागेको खाद्य मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजना तथा उद्योग वाणिज्य संघ इटहरी र घरेलु तथा साना उद्योग महासंघ सुनसरीको सह आयोजनामा हुन लागेको मेलाका विषयमा इटहरी पत्रकार सम्मेलन गरि तयारी पुरा भएको जानकारी गराइएको हो ।

परम्परागत खाद्य पदार्थहरुको पौष्टिकताका विषयमा वैज्ञानिक तथ्यहरुले समेत पुष्टि गरिरहेको तर्फ समेत मध्यनजर गर्दै मेला आयोजना गर्न लागेको आयोजक खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले वताए । जनमानसमा पोषिला खाद्यान्नहरुको विषयमा जानकारी गराउने उद्धेश्यले १४ वटै जिल्लाको प्रतिनिधीत्व हुने गरी स्टल रहने समेत कोइरालाले जानकारी दिए ।

यही मंसिर २१ गते देखि २३ गते सम्म इटहरीको जनता माध्यमिक विद्यालय परिषरमा लगाइने मेलाका लागि स्टल तयार भई सकेको समेत सो अवसरमा जानकारी गराईयो । प्रवेश तथा स्टल निशुल्क व्यवस्था गरिएको मेलामा पोषिला खाद्य पर्दाथका विषयमा जानकारी पाउने देखि लिएर आर्थिक कारोवार समेत राम्रो हुने उद्योग वाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेश विष्टले अनुमान गरिएको जनाए ।

मेलामा होटल व्यवसायी , जातिय खानाका परिवार , खाद्य व्यवसाय , खाद्य उद्यमसंग सम्वन्धी मेशिनगरी , खाद्य प्रशोधनमा प्रयोग हुने रसायनका सप्लायर्स , खाद्य प्रविधिसंग सम्वन्धीत शैक्षिक संस्थाहरुको स्टल रहने छन । होटल व्यवसायीहरु समेतका स्टल रहने भएकाले होटलमा हुने परिकारहरुका विषयमा जानकारी गराउन पाइने अवसर मिलेको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले विश्वास व्यक्त गरे । मेलाको आकर्षणका लागि सांस्कृतिक कार्यक्रमहरु समेत समावेश भएको उल्लेख गरियो ।

तपाईको प्रतिक्रिया