इटहरी । विश्व स्वयम सेवक दिवसको अवसर पारेर सुनसरीको इटहरीमा प्रदेस नम्वर १ स्तरिय स्वयम सेवक युवाहरुलाई उत्प्रेरणा जगाउने उदेश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरि मनाइयो ।

आयोन नेपाल भिएसओ नेपाल र युएनभि नेपालले संयुक्त रुपमा अभिमुकरण आयोजना गरेका हुन । सामाजिक कार्यमा युवाहरुलाई जागृत गराउदै स्वयसेवाका क्षेत्रमा युवाहरुलाई उत्प्रेरणा जनाउन कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा सहजिकरण गर्दै स्मृतिकला कर्मचार्यले जानकारी दिइन । आयोन नेपालका कार्यकारी सदस्य तुलसी चौलागाईको अध्यक्षता तथा सञ्जय चौधरीको संयोजकत्व रहेको कार्यक्रममा प्रदेस नम्वर १का विभिन्न जिल्लाका सामाजिक क्षेत्रमा कार्य गर्दै आएका युवाहरुको सहभागिता रहेको थियो । युवा विकास केन्द्र इटहरीमा आयोजित कार्यक्रममा सामाजिक क्षेत्रमा स्थानीय तथा प्रदेस सरकारलाई समन्वयनकारी भुमिका गर्न समेत आग्रह गरियो । युएनभि नेपालका नेशनल कोडिनेटर ल्यापहिगंलेयुग लगायतको उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया