इटहरी । सुनसरी र उदयपुरका सरोकारवालाहरुलाई दुई दिने विपद् सचेतना तथा अभिमुखिकरण तालिम सुनसरीको इटहरीमा सम्पन्न भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजनामा सुनसरी र उदयपुरका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागीता रहेको अभिमुखिकरण तालिम सम्पन्न भएको हो ।

तालिममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्वर १का सचिव गोपालप्रसाद पराजुली , , उपसचिव रविन्द्र प्रसाद आचार्यले विपद् व्यवस्थापनका विषयमा सहजिकरण गरेका थिए ।

तालिममा सुनसरी र उदयपुरका स्थानीय तहका प्रशासकीय अधिकृत सहभागिता रहेको थियो । तालिमपछि विपद् जोखिम न्युनिकरण गर्ने १० वुदेँ इटहरी प्रतिवद्धता पत्र जारी गरिएको छ । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेती र इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले विपद्का समयमा गरिने उद्धार देखि लिएर व्यवस्थापन सम्मका विषयमा चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया