इटहरी । सुनसरी र उदयपुरका सरोकारवालाहरुलाई दुई दिने विपद् सचेतना तथा अभिमुखिकरण तालिम सुनसरीको इटहरीमा सुरु भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजनामा सुनसरी र उदयपुरका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागीता रहेको अभिमुखिकरण तालिम सुरु भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्वर १का सचिव गोपालप्रसाद पराजुलीको अध्यक्षता तथा आन्तरिक मामिला तथा काकुन मन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आथित्यता रहेको तालिमको खुल्ला सत्रमा तालिमका विषयमा सचिव पराजुलीले प्रकास पारेका थिए । तालिममा सुनसरी र उदयपुरका स्थानीय तहका प्रशासकीय अधिकृत , नेपाल प्रहरी , सशस्त्र प्रहरी , नेपाली सेना विपद्का क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया