इटहरी । २७ औ अन्तराष्ट्यि अपागंता दिवसको अवसर पारेर अपागंता भएका सात जनालाई लायन्स क्लव अफ इटहरी क्रिएटिभ लेडीले एक कार्यक्रमको आयोजना गरी ह्वील चेयर वितरण गरेको छ ।

इटहरीको मुख्य चौकमा रहेको रेयुकाई चौतारीमा कार्यक्रमको आयोजना गरी अपागंता भएका सात जनालाई ह्वील चेयर वितरण गरिएको हो । शान्ता न्यौपानेको अध्यक्षता तथा नेपाल नेपाल चेलीवेटी अपागं महिला समाजकी अध्यक्ष लक्ष्मी घिमीरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भगवती चौधरी ,मनमाया गुरुगं , ज्ञानवहादुर तामागं हेमा वर्देवा लगायतलाई ह्वील चेयर वितरण गरिएको हो । अपागंता भएकाहरुलाई सहज होस भनेर आफुहरुले अपागंता सहयोगी सामाग्री वितरण गरेको आयोजक संस्थाकी अध्यक्ष न्यौपानेले जानकारी दिइन ।

तपाईको प्रतिक्रिया