गछिया / मोरङ छेत्र नम्बर ६  बाट चुनाव जितेर गएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पहलमा गाडी हस्तान्तरण गरिएको छ । गाडी पाप्त गरेपछी पहिले भन्दा बढी सुन्दरहरैचा वार्ड नं ३,४,५,६ र ७ का स्थानिय बासीलाइ सुरक्षाको प्रत्याभूति दिन सकिने  गछिया प्रहरी चौकि प्रमुख रामकुमार कटुवालले बताए । उक्त गाडीमंसिर १६ गते सुन्दरहरैचाकि उपप्रमुख धनमाया तामाङ र स्थानीय समाजसेवी सतीस पोखरेलले मन्त्रालयबाट बुझि ल्याएका थिए । पिक अप ग्रहण गर्ने क्रममा प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले गछिया प्रहरी चौकिमा गाडी ल्याउन पहल गर्नुहुने सबै जनप्रतिनिधी तथा स्थानिय बासिहरुलाई धन्यवाद दिनु भएको थियो । उहाले शान्ति र सुव्यवस्थाको लागि प्रहरी र जनता एक आपसमा मिलेर काम गर्नुको विकल्प नभएको बताउनुभयो ।  सुन्दरहरैचा क्षेत्रका नागरिकले चुस्त सहज प्रहरी सेवा पाउने र अपराध नियन्त्रणमा प्राप्त गाडीले केही हद सहयोग पुग्नुका साथै नदीजन्य चोरीनिकासिमा समेत नियन्त्रण हुने सुन्दरहरैचाका मेयर शिब ढकालको बताउनु भयो ।  मंसिर १७ गते गछिया प्रहरीचौकीका भवन निर्माण समितिका अध्यक्ष अजम्बर राइको अध्यक्षता , सुन्दरहरैचा मेयर शिब ढकालको प्रमुख अतिथ्यता र निमित्त जिल्ला प्रहरी प्रमुख प्र. ना. उ. घनश्याम श्रेष्ठ, सुन्दरहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष किसोर कार्की,सुन्दरहरैचा नगरपालिका कार्यकारी अधिकृत राजेन्द्र भट्टराई  वडा अध्यक्ष राम रिजाल, जिवन ढुंगाना, जिवन कुमार राई , चैतन्य सिटौला  समाजसेवी सतीस पोखरेल लगायतको उपस्थितिमा भब्य कार्यक्रमका विच कार्यक्रममा प्रमुख अतिथिअध्यक्ष तथा प्रमुख अतिथि बाट गाडीको साँचो गछिया प्रहरीचौकीका  प्रमुख रामकुमार कटुवाल लाइ हस्तान्तरण गरिएयो थियो ।

तपाईको प्रतिक्रिया