विराटनगर,मंसिर १७ ः सभामुख कृष्णबहादुर महराले संघीय सरकारले धेरै कानुन बनाउन बाँकी रहेकाले चाँडो भन्दा चाँडौ सरकाले हिउँदे अधिवेशन बोलाउनु पर्ने बताए । विराटनगर विमानस्थलमा आज स्थानीय संचारकर्मीसंगको कुराकानीमा सभामुख महराले पुसको पहिलो साता भित्र हिउँदे अधिवेशन बोलाउन सरकारसंग आग्रह गरे । सभामुख महराले २१ फागुन भित्र ३ सय बढी कानुन निर्माण गर्नुपर्ने समयसिमा छ,त्यसका लागि जतिसक्दौ चाँडो सरकारले हिउँदे अबिधेशन आब्हान गर्नु जरुरी भएको बताए । उनले हिउँदे अधिवेशन बोलाउने बिषयमा प्रधानमन्त्रीसंग पनि छलफल भई रहेको पनि जानकारी दिए । उनले संविधानत् २१ फागुन भित्रको एक बर्षको समयमा संघीय संसदले ३ सय बढी संविधानसंग बाझिएका कानुनहरको परिमार्जन र संसोधन गर्नु पर्ने जानकारी दिनुभयो ।त्यसका लागि समय अभाव रहेको उनको भनाई थियो ।अर्को एक प्रसंगका सरकारको काम गर्ने दिशा स्प्रष्ट भएपनि कार्यान्वयको पक्षमा फितलो भएको टिप्पणी गरे । उनले सरकारले पछिल्ला समय महिला हिंसा बिरुद्धको अभियान र योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यक्रम लोकप्रिय रहने बताए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रविधिको विकाससँगै विद्यार्थीहरुको आकर्षण बढ्दाे
इटहरी/ विद्यार्थीहरुको आकषर्ण प्रविधीतर्फ बढ्दो छ । पछिल्लो समय विद्यार्थीहरु अभिभावक दिवस होस या वार्षीक उत्सबको अवसर आ...
इटहरीमा फागुन ८ गतेदेखि सञ्चालन हुने यामाहा महा मेलाको भव्य तयारी
इटहरी । सुनसरीको इटहरीमा भोली फागुन ८ गते वुधवारदेखि सञ्चालन हुने यामाहा महा मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मेला आय...
पथरीको न्यु प्यागोडा बोर्डिङले शिक्षक र अभिभावक लाई सम्मान गर्यो
कुमार खड्का फागुन ६,पथरी/ मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर १ मा रहेको न्यु प्यागोडा बोर्डिङ स्कुलले सोमवार आफ्नो ...
ग्रिनपिस एकेडेमी स्कुल तथा इटहरी नमुना कलेजका विद्यार्थीहरुले संयुक्त रुपमा शैक्षिक प्रर्दशनी
इटहरी । सुनसरीको इटहरीमा रहेको ग्रिनपिस एकेडेमी स्कुल तथा इटहरी नमुना कलेजका विद्यार्थीहरुले संयुक्त रुपमा शैक्षिक प्रर्...
गोरु काट्दै गरेको अवस्थामा बावु छोरा पक्राउ
सुनसरी, फाल्गुन ०६ / सुनसरीको बराहक्षेत्र नगरपालिका ७ बाङगेमा सोमवार प्रहरीले गोरु ९बाच्छो० काटेर भाग लगाउँदै गरेको अवस्...
तेस्रो सुन्दरहरैचा एक्स्पोमा आज साझ आस्था राउतकाे प्रस्तुती
पृथक् स्वर । फरक धारका गीत । बोल्ड प्रस्तुति । दर्शकलाई उफार्न सक्ने आफ्नै शैली ।पछिल्लो पुस्ताकी लोकप्रिय गायिका आस्था ...