विराटनगर / भोको पेटलाई खाना चाहिन्छ । खाली पेटको शिक्षा निरर्थक हो । भोको पेटले पढन सक्दैनन । अत्यन्तै विपन्न र सुकुम्बासी परिवारका बालबालीका पढने सामुदायिक विद्यालयमा विद्यर्थीको अवस्था यस्तै छ ।

विराटनगर महानगरपालीका–१ मा रहेको सयपत्री परोपकार प्रथमिक विद्यालयमा पढ्ने विद्यार्थीहरुको अवस्था अत्यन्त दयनिय छ । बाल कक्षा देखि ४ सम्म पढाइ हुने विद्यालयमा ५६ जना विद्यार्थीले नाम लेखाएका छन् । पढन आउने विद्यार्थीको संख्या मुस्किलले १५ –२० जना पुग्ने गरेको छन । विहान बेलुका हातमुख जोडनै धाउ–धाउ पर्ने परिवारका विद्यार्थी छन् । अविभावका विहानै ज्यामी र लेबरमा काम गर्न जानाले केटाकेटीको विद्यालय बारे चासो कोहि नहुने शिक्षकहरु बताउछन् ।
विद्यालयको बालकक्षामा छात्र ३ र छात्रा १२ जना छन् । कक्षा १ मा छात्र ६ ,छात्रा ५,कक्षा २ मा छात्र ७ ,छात्रा ४,कक्षा ३ मा छात्रा४,छात्रा ४ र कक्षा ४ मा छात्र २ र छात्रा ५ जनाले २०७५ को शैक्षीक सत्रमा भर्ना भएका छन् । तर विद्यालयको चौर गाइ चरण देखि हटिया लग्ने स्थान बनेको छ । हप्ताको प्रत्येक मंगलबार दिन स्कुलको आगनमा हटिया लाग्छ । त्यसदीन विद्यालय आधा समयमात्र लाग्छ । हटीयाको दिन विद्यालयको दलान चिया दोकान र आलु गोदाम बन्ने गरेको प्रध्यापक कट्वालले बताए । त्यसो नगर्न भन्दा व्यवसायीको हप्की खानु परेको उनले बताए ।
विद्यालयमा टिनको छाना चुहिने,पंखाको अभाव , विद्यालयमा टिनको छाना चुहिने,पंखाको अभावले विद्यालय समस्या ग्रस्त बनेको छ । विद्यालयलाई सुधारकालागी प्रक्रिया अगाडि बढाउने विराटनगर महानगरपालिका शैक्षिक प्रशसन महाशाखाले जनाएको छ । महाशाखाका स्रोत व्यक्ती बिष्णु लामीछानेका अनुसार विद्यालय सुधारको लागी क्रमै सँग काम भइरहेको छ ।विद्यार्थीका आमाहरु विहानै देखि अर्काको घरमा भाडामाजन जान्छन् । घरमा आमाले आफ्ना बालबालीकालाई विद्यालय जान कपडा लगाइदिने र स्कुल पठाउन नभ्याउदा समस्या निम्तीएको हो । अविभावक ज्याला मज्दुरी गर्न गएपछी बालबालीका धुलोमैलो अवस्थामै पुग्ने गरेका छन् । तर उनिहरुमा पढ्ने मोह भने अत्यन्तै ठुलो देखिन्छ ।
बालबालीकाको धेरै प्रकारका हक र अधिकारका लागी संसारकै उत्कृष्ट दावि गरिएको हाम्रो संधिानमा धारा ३९ मा व्यवस्था छ । संविधानमा व्यवस्था हुदैमा बालबालीकाले राम्रो संग पढने अधिकार पाए नेपालको भविष्य राम्रो हुने थियो ।

तपाईको प्रतिक्रिया