मदन अधिकारी / सुनसरी सनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १० मा सुक्रवार स्त्रि रोग विशेषगरि पाठेघर खस्ने समस्या सम्बन्धि नि:शुल्क स्वास्थ्य परीक्षण सिभिर सम्पन्न भएको छ । नगरपालिकाको आयोजना तथा करुणा फाउन्डेसनको सहयोगमा एदिने निशुल्क सिभिर सम्पन्न भएको हो । बराहक्षेत्र नगरपालिका वडा नम्बर १० प्रकासपुर स्वास्थ चौकिमा सम्पन्न सिभिरमा लगभग तिनसय जन विरामिले निशुल्क सिभिरमा लाभ लिएका थिए । नेदरल्यान्डस्का वरीष्ट स्त्रिरोग चिकित्सक हरुको उपस्तिथितिमा सम्पन्न कार्यक्रम मा स्वागत मन्तव्य राख्दै वडा नम्बर १० का वडा सचिव होम प्रसाद लिम्बूले यश किसिमको कार्यक्रम यश प्रकासपुरमा आयोजना गर्न पाउँदा हामिलाइ खुसि लागेको बताउनु हुँदै यश सिविरको पुर्ण सफलताको शुभकामना समेत बताउनु भएको थियो । यता १० नम्बर वडा अध्यक्ष महेन्द्र बहादुर खत्रिले यश प्रकाशपुरमा आङ खस्ने महिला रोगिहरु उच्च रहेकाले यसको निभारणका लागि हाम्रो विशेष पहलमा यश सिभिर सन्चालनमा आएकोमा हामी खुसि रहेको बताउनु भएको छ । खत्रिले यश स्थानमा महिला हरुको उपचारका निमित्त हरल्पोस प्रमुख संग समन्वय गरि भिडियो एक्स्रेको समेत चाडै सुचारुमा ल्याउने बताउनु भएको छ । सोही क्रममा करूणा फाउन्डेसन नेपाल अधिकृत अनिता खेवाङ्ले यश प्रकाशपुरमा हामिले सेवा दिन पाउँदा हामिलाइ खुसि लागेको बताएकि थिइन् । उनले हामी यश किसिमको सिभिर यश स्थानमा थप ल्याउने र अझ प्रभावकारी कार्य समेत गर्ने बताएकि छन् । यता हेलपोस इन्चार्ज रमेश साहले यश प्रकाशपुर अती बिपन्न परीवार रहेको र यश ठाउमा स्त्रिरोगको उच चाप रहेकोले यश खालको सिभिर ल्याउन नगरपालिका संग समन्वय गरेको बताउनु भयो । साहले यश सिभिरमा बराहक्षेत्र नगरपालिकाकै दुर्गम स्थान स्रिलङ्का टापुका वासिले समेत सेवा लिन पाएकोमा हामी खुसि भएको बताउदै आगामि दिनमा अझ प्रभावकारी कार्यक्रम हरु ल्याउने बताउनु भएको छ । यश किसिमको आयोजना प्रकाशपुरमा सन्चालन भएकोमा स्थानिय वासि समेत खुसिभएका थीए । स्थानियहरुले करुणा फाउन्डेसनको र नगरपालिकाको कदमलाइ स्वागत योग्य रहेको बताएका छन् । यश सिभिरमा २ जनालाई विपि कोइराला स्वास्थ्य प्रतिस्ठानमा रेफर गरिएको छ भने ९ जनालाइ रिङ पेसरी र लगभग १ सय जनालाई रिङ पेसरी लगाइएको छ।

तपाईको प्रतिक्रिया