मदन अधिकारी / प्रकाशपुर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विहिवार बराहक्षेत्र नगरपालिका १० नम्बर वडामा विभिन्न कार्यक्रम गरि मनाइयो । लैंगिकतामा आधारिक हिंसा विरुद्धमा विश्वभर मनाइने १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म (१६ दिन) मनाइने गरिन्छ । अभियानको अवसरमा मङ्सिर ९ देखि १६ दिनसम्म विश्वभर विभिन्न कार्यक्रमको आयोजना गर्ने गरिन्छ । यसवर्ष विश्वभर ‘अरेन्ज द वर्ल्ड : हिअर मि टू’ भन्ने नाराका साथ १६ दिने अभियान मनाईंदै छ । नेपालमा भने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ‘लैंगिक हिंसा र दुर्व्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ अभियान मनाईंदैछ । अभियानको अवसरमा बराहक्षेत्र नगरपालिका वडा नम्बर १० समेत महिला हिङ्सा बिरुद्ध विभिन्न सडक नाटक तथा प्ले काड सहित सयौको सङ्ख्यामा महिलाहरुको सहभागिता रहेको थियो । बराहक्षेत्र नगरपालिकाको समन्वय तथा १० र ९ नम्बर वडाो आयोजनामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधि , सरकारी कर्मचारी विभिन्न राजनैनिक दलका प्रतिनिधि , नेपाल प्रहरी , शिक्षक , महिला अघुवा कर्मि ,समाजसेवी पत्रकार लगाएतको उपस्थित रहेको थियो । सोही क्रममा बोल्दै बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्षले हाल बड्दो लैङ्िगक हिङ्सा हामी सबैले रोक्नु पर्छ भन्दै यसको विक्रिति हाल बड्दो क्रममा रहेको बताउनु भएको छ । भट्टराइले हाल अनलाइन मिडिया तथा सामाजिक सन्चालका अतिरन्जित कृयाकलापले गर्दा यस्तो भएको बताउनु भएको छ । यता ९ नम्बर वडा अध्यक्ष दिपक कुमार लिम्बूले प्रकासपुरलाइ मैला हिङ्सा मुक्त प्रकासपुर बनाउने समेत घोसणा गर्नु भएको छ । लिम्बूले हामी समृद्धिको नारा दिने तर व्यवहार भने पुरानै हुदा यस्तो समस्या आएको बताउनु भयो । १० नम्बर वडा अध्यक्ष महेन्द्र बहादुर खत्रिले महिला हिङ्सा एक जगन्य अपराध भएको भन्दै यस्ता अपराध गर्नेलाइ आफुले नछाड्ने बताउनु भएको छ । प्रकाश माविका शिक्षक फडिन्द्र अधिकारीले हिङ्सा कहिले हुन्छ भन्दा जहिले हिङ्सा हुन्छ र यो हिङ्सा हामी स्वयमले गर्दै आएका छौ । सुरुमा हामी आफुनै सुद्रिनु पर्छ जब हामी सुद्रन्छौ तब समाज आफै सुद्रन्छ भन्नु भएको छ । के हो १६ दिने अभियान ? लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सन् १९९१ देखि सुरु भएको हो । यसको मुख्य उद्देश्य लैंगिकतामा आधारित सबैखाले हिंसा र अपराधलाई अन्त्य गरी महिला र पुरुषबीचको असमानता हटाउनु हो । यो अभियानको सुरुआतमा विभिन्न २० देशका २३ उत्साहित महिलाको सहभागिता थियो । हाल यो अभियान विश्वभर मनाईने गरिन्छ । यो अभियानको थालनीको एक कारण १९६० नेभोम्बर २५ तारिकका दिन डेमिनिक रिपब्लिक तानशाहले आफ्नो सरकार विरुद्ध आन्दोलन गर्ने एकै परिवारका ३ दिदीबहिनीलाई गरेको हत्यालाई पनि लिइने गरिन्छ । ती तीन दिदीबहिनीको साहसलाई सम्मान गर्दै ल्याटिन अमेरिकी देशहरुबाट नोभेम्बर २५ कै दिनलाई अभियानको रुपमा मनाउन थालिएको हो । भने संयुक्त राष्ट्रसंघको साधारण सभाले १७ डिसेम्बर १९९९ मा मात्रै यस दिनलाई अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवसको औपचारिक मान्यता दिएको थियो ।

तपाईको प्रतिक्रिया