विराटनगर/ उपप्रधान मन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले संघियता पुर्ण रुपले कार्यान्वयन गर्न सरकार गम्भीर भएर लागेको वताउनु भएको छ ।
लैगिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भुमिका विषयक अन्तरक्रिया कार्यक्रमको आज विराटनगरमा उद्घाटन गर्दै उहाले प्रसासनिक र वितिय हिसावले संघियतालाई आकार दिनेगरी सरकारले काम गरिरहेको वताउनुभयो । मुलुकका लागि संघियता पहिलो अभ्यास भएकाले समय अनुसार कार्यान्वय हुदै जाने उहाले वताउनुभयो ।उहाले वित्तिय र आर्थिक रुपमा संघियतालाई वलियो वनाउदै सम्वृद्धिको वाटोतर्फ मुलुकलाई अग्रसर गराउनु आजको आवश्यकता रहेको वताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले कानुन र संरचना नवन्दा संविधानका सुन्दरपंक्ष कार्यान्वयनमा ल्याउन नसकेको कारण मुलुकले केहि अप्ठयारो स्थिति झेल्न वाध्य भएको उल्लेख गर्नुभयो । उहाले लैिङ्गक हिंसा अन्त्यका लागी ठोस र प्रभावकारी योजना आवश्यक रहेको वताउनुभयो । कार्यक्रममा वोल्दै महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले समाजवाट लैिङ्गक हिंसा अन्त्यका लागी ठोस कार्यक्रम वनाएर अघि वढनुपर्नेमा जोड दिनुभयो । प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राइले सवै खालकोे हिंसा अन्त्यगर्न प्रदेश सरकार कटिवद्ध रहेको वताउनुभयो । उहाले लैङिक हिंसा अन्त्यका लागि स्थानिय तहको भुमिका महत्वपुुर्ण रहेको वताउनुभयो । महिला हिंस विरुद्धको १६ दिने अभियान अन्र्तगत एक नम्वर प्रदेश स्तरिय कार्यक्रममा वोल्दै एक नम्वर प्रदेशका सभामुख प्रदिप भण्डारी, आन्तरिम मामिला तथा कानुन मन्त्री हिकमत कार्की , समाजिक विकास मन्त्री जिवन घिमिरे, उपसभामुख सरस्वती पोखरेल, विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले महिला हिंसा अन्त्यका लागी साझा एजेण्डामा जोड दिनुभयो । दुई दिनसम्म चल्ने सो कार्यक्रमम एक नम्वर प्रदेशका स्थानियतहको जन प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया