इटहरी । ब्यापारीक केन्द्र संगै शैक्षिक हबको रूपमा परिचित पूर्वको मुटु इटहरी पछिल्लो समय चलचित्र घर एवम सिनेमा हबको रूपमा परिचित बनिन पुगेको छ । पछिल्लो ३ बर्ष यता इटहरीमा ४ वटा सुविधा सम्पन्न सिनेमा घरहरूको स्थापना भइसकेको छ ।

बिगतका दिनहरूमा नेपाली तथा हिन्दि फिल्म हेर्न धरान , इनरूवा र बिराटनगर धाउनुपर्ने बाध्यतालाई चिर्दै इटहरीमै सुविधा सम्पन्न सिनेमा घरहरूको स्थापना गरीएको हो । अहिले इटहरी उपमहानगरमा इटहरी मलको नामबाट आइ सिनेमा , सेन्ट्रलप्लाजामा सिनेफ्लेक्स ,छवि ओझाले निर्माण गरेको इटहरी इलाइट सिनेमा घर र कुण्डलिनिबाट १२ डी सिनेमा घर सञ्चालन हुदै आएको छ ।

I cinema

इटहरीमा पहिलो पटक ५ करोड बढीको लगानीमा इटहरी मलको स्थापना भएको र सोहि मलबाटै आइसिनेमा सञ्चालन हुदै आएको छ । अहिले पनि सो सिनेमा घरमा मनोरञ्जन लिन आउने दर्शकहरूको संख्या बाक्लिदो छ । नेपाली कांग्रेसका कृयासिल ब्याक्तित्व तथा युवा समाजसेवि रेवति दुलालले सो मल सञ्चालनमा ल्याएका हुन । उक्त मलबाट २ वटा सिनेमा घरहरू सञ्चालन हुदै आएका छन ।

hh

त्यसै गरी आइसिनेमाको स्थापना लगत्तै इटहरीको मुख्य चौक अन्तरगत गोरखा डिर्पाटमेन्ट स्टोर अघाडी १२ डी सिनेमा घरको स्थापना भएको हो । करीब ५० लाख रूपैया माथीको लगानीमा स्थापना भएको उक्त सिनेमा घर बिशेष गरी बालबालिकाहरूकालागि प्रख्यात छ ।

gg

त्यसैगरी नेपालि चलचित्र क्षेत्रका निर्देशक तथा निर्माता छवि ओझाले ६ करोडको लागतमा इटहरीको आइतबारेमा इलाइट सिनेमा घर सञ्चालनमा ल्याएका थिए । एक पटकमा २०८ जना सम्म अटाउने सो सिनेमा घरमा पनि २ हलहरू सञ्चालन हुदै आएको छ ।

त्यस्तै सामाजिक कार्यमा कृयाशिल ब्याक्तित्व तथा कुशल नेतृत्वकर्मि राजेस श्रेस्ठले गएको महिनाबाट सेन्ट्रलप्लाजा ब्यवसायिक भवनको स्थापना संगै सिनेफ्लेक्स सिनेमा घर सञ्चालनमा ल्याएपछि पछिल्लो समय इटहरी सिने हवको रूपमा परिचित हुदै आएको हो ।

centrol

तिन बर्ष यता ४ वटा सिनेमा घरहरू सञ्चालन हुदै आएपनि यि चारै जनाको उद्येश्य भने एउटै रहेको छ । नेपाली तथा हिन्दि कथानक फिल्महरू हेर्नको लागि धरान बिराटनगर जस्ता सहरहरू धाउनुपर्ने बाध्यताको अन्त्य गर्नका निमित्त इटहरीमा सिनेमा हलको स्थापना गरीएको इटहरी मल तथा आइ सिनेमाका सञ्चालक रेवति दुलालले बताए ।

त्यस्तै अहिले मानिसहरूमा बढदो ब्यस्तता र तनावबाट मुक्ति पाउन आवस्यक मनोरञ्जन भनेकै सिनेमा घरहरू हुन तर इटहरीमा ब्यवस्थित तथा भौतिक पूर्वाधार सहित सेवा सुविधा सम्पन्न सिनेमा घरहरूको अभाव देखिएपछि पछिल्लो समय सिनेफ्लेक्सको स्थापना भएको उक्त हलका प्रबन्द निर्देशक शिदार्थ श्रेष्ठ बताउछन । उक्त सिनेमा घरमा पनि २ वटाहलहरू सञ्चालन हुदै आएका छन भने एउटा सोमा २४० जना सम्म अटाउन सक्ने सुविधा उपलब्ध रहेको छ ।

तपाईको प्रतिक्रिया