इनरुवा। भाषा, कला, संस्कृतिलाई जोगाउदै इनरुवाका युवाहरुले इनरुवाको महेन्द्र चौकमा समा चकेवा विशेष मैथिली सांस्कृतिक संध्या -२०७५ को आयोजना गर्ने भएको छ ।  मैथिली समुदायमा मनाईने पर्व समा-चकेवाको दिन पारेर सो कार्यक्रम हुने आयोजक संस्थाले जनाएको छ।

यहि मंसिर ७ गते शुक्रबार हुन गइ रहेको उक्त कार्यक्रमले मिथिला मैथिलीको विभिन्न कला संस्कृति झल्काउने कार्यहरु गर्ने आयोजक संस्था युनाइटेड इनरुवा नेपालले जनाएको छ । इनरुवामा वर्षमा एक पल्ट मात्र यस्तो मैथिली कार्यक्रम हुने गरेको कार्यक्रम संयोजक धिरज वर्माले जानकारी दिएका छन् ।

कार्यक्रम संयोजक वर्माका अनुसार कार्याक्रमको मुख्य आकर्षणमा डा. आभाष लाभ, स्नेहा झा, भागवत मण्डल, सन्नु कुमार तथा तनुजा चौरसिया को उपस्तिथी रहने छ। बेलुकी ५ बजे देखि सुरु हुने सो कार्यक्रम बेलुका १०:३० सम्म चल्ने उनले बताए । बिगत २० वर्ष देखि मैथिली गीत संगीत तथा नृत्यमा तत्पर रहेका बिराटनगर स्तिथ श्री राजदेवी संगीत कला केन्द्रले विभिन्न मैथिली मौलिकता झल्काउने नृत्यहरु को प्रदर्शन गर्ने आयोजक संस्थाको अध्यक्ष रामबाबु सुबेदीले जानकारी दिए । मैथली सांस्कृतिक सन्ध्या भनिएपनि अन्य समूदायका दर्शकहरुको समेत उल्लेख्य उपस्थिति रहने आयोजक संस्थाको विश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया