इटहरी । दिनदुखी बालवालिकाहरुलाई आश्रय प्रदान गर्ने उदेश्य बोकेकी पाथीभरा दासीको उदेश्यले सार्थकता पाउने भएको छ । समाजमा दुख पाएका बालबालीकाहरुलाई संरक्षण गर्ने उदेश्य राखेकी दासीको आश्रम निमार्ण गर्न सहयोग जुटाउन श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ आयोजना गरेकी थिइन । ज्ञानमहायज्ञका क्रममा विभिन्न समस्या आएपनी उनको आश्रम निमार्ण गर्न उदेश्य पुरा हुने भएको हो । विभिन्न सामाजिक सेवा गर्दै आएको पाथीभरा आमा भक्ति सेवा संस्थाले पुराणमा सङ्कलित रकमलाई असहाय, अनाथ बालबालिका र वृद्धका लागि आश्रम निर्माणार्थ अक्षयकोष निर्माण गर्ने जनाएको छ । पाथिभरा आमा भक्ति सेवा संस्था नेपालले दिनदुखी बालबालिकाहरुको संरक्षण गर्ने उद्धेश्यले निर्माण गर्न लागेको आश्रमको जग्गादाता नारायण चौधरी र उर्मिला चौधरीले संयुक्त रुपमा शिलान्यास गरीसकेका छन । आश्रम निर्माणका लागि नारायण चौधरी र उर्मिला चौधरीले इटहरी ८ गैसारमा १० धुर जग्गा उपलव्ध गराएको र आश्रम निर्माणका लागि शिलान्यास गरिएको संस्था कि संस्थापक पाथीभरा दासीले जानकारी दिइन । आश्रम निर्माण सहयोगार्थका लागि आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञका क्रममा चौधरीहरुले आश्रम निर्माणका लागि जग्गा प्रदान गरेका थिए । त्यसै गरी झापाको गौरादहमा टिका खनालले एक कठ्ठा र मोरगंको केरावारीमा चन्द्रवहादुर कटुवालले एक कठ्ठा जग्गा उपलव्ध गराउने भएको मोनिका कटुवाल पाथिभरा दासीले वताइन । मोनिका कटुवाल पाथिभरा दासी संरक्षक रहने गरी स्थापना गरिएको पाथिभरा आमा भक्ति संस्था नेपालले समाजमा रहेका दिनदुखी, गरिव दुखी ,असाहय वृद्ध , अनाथ आर्थिक अवस्था कमजोर भएकाले लागि शिक्षा ,स्वास्थ्य नपाएका ब्यक्तिहरुलाई सेवा पुर्याउने उद्धेश्य रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया