इनरुवा । सुनसरीको कोशी गाउँपालीका ८ भाण्टावारीमा चिम पड्केर १२ वर्षीय बालककाे मृत्यू भएकाे छ । आफ्नै पसलमा आईतवार बिहान एसीको पल्कमा चिम पड्केर स्थानीय कलिम मियाको १२ वर्षीय छोरा नजाबुलको मृत्यू भएकाे हो । चिम पड्केर तत्काल गम्भीर घाइते भएका नजाबुल लाई उपचारको लागि जिल्ला अस्पताल लादै गर्दा उनको मृत्यू भएकाे प्रहरीले जनाएको छ । चिम पड्केर भारत जिल्ला सुपौल बस्ने बब्लु सदाको १४ वर्षीय छोरा मुकेश सदा घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भैरहेको जनाइएको छ भने नजाबुलको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । उनको आजै अन्त्येष्ति गर्ने तयारी गरिएको स्थानीयहरु बताएका छन् ।

तपाईको प्रतिक्रिया