इटहरी, कार्तिक २१ । इटहरीको व्यस्त बजारमा आज दिउँसो आगलागी भएको छ। इटहरी वडा नं. ६ की रेखा पराजुलीको टिभी र फ्रिज सो रुमसँगै छेउमै सटेको गणेश लुईटलको घरमा आगलागी भएको हो ।
पराजुलीको चार तले घरको पहिलोे तलामा टिभी र फ्रिज रुम रहेकोमा विद्युत सर्ट भएर दिउँसो १२ बजेतिर आगलागी सुरु भएको हो । विद्युत सर्ट भएर लागेको आगोले दोस्रो र तेस्रो तलामा रहेका टिभी, फ्रिज र इलोक्टिनिक आइटमको स्टक सामान जलेर नष्ट भएको हो ।अहिलेसम्मको प्रारम्भिक अनुमान अनुसार, दुई करोड बराबरको स्टक सामान जलेको र करिब ६ करोड क्षति भएको प्रारंभिक अनुमान गरिएको छ  । रेखाको घरको पहिलो तलाको अगाडिका कोठामा टिभी, फ्रिजसँगै इलोक्टिनिक सामानको विक्री केन्द्र रहेकोमा दोस्रो र तेस्रो तलामा स्टक सामान राखिएको थियो । चौथो तलामा मेनपावर अफिस रहेपनि भर्खरै मात्र खाली भएको थियो । ‘पहिलो तलाको पछाडिट्टीबाट विद्युत सर्ट भएर आगो सल्किएको हो,’ ‘लक्ष्मी पूजा गर्न सरसफाई गर्ने क्रम चलिरहेका बेला आगो लागेको हो ।’ पछाडिपट्टीबाट सुरु भएको आगो दोस्रो र तेस्रो तला हुँदै पुरै सामान जलेर क्षती पुगेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव श्रेष्ठ भने घर नियन्त्रण गर्न पुग्दा दोस्रो तलामा आगो पुरै सल्कि सकेको थियो । ‘दोस्रो तलामै आगो बढी फैलिएकाले गर्दा कहाँबाट सुरु भयो ? भनेर यकिन गर्न गाह्रो छ,’  ।
पहिलो तलामा रेखासँगै विभिन्न पसल सञ्चालनमा रहेका थिए । आगोले गर्दा पहिलो तलामा सञ्चालनमा रहेका पसलमा पनि क्षती पुगेको जानकारी दिइयो ।  आगोले रेखाका छिमेकी गणेश लुईटेलको तीन तले घर पनि जलेको छ । लुईटेलको घरमा रहेको केही पनि सामान निकाल्न पाएनन् ।
आगो नियन्त्रण गर्नका लागि इटहरीसहित दुहवी, धरान, इनरुवा, धरान, मोरङ सुन्दरहरैँचा र विराटनगरको वारुणयन्त्रसहित सेना र प्रहरीको टोली परिचालन भएको थियो । आगो ३.१५ बजे नियन्त्रणमा लिएको प्रहरीले जनायो । प्रहरीले आगोबाट भएको क्षतीको विवरण संकलन गर्न थालेको छ

तपाईको प्रतिक्रिया