इटहरीः गायिका अञ्जु गौतमको तिहारसँग सम्बन्धित र गीत युट्युबमार्फत् रिलिज भएको छ ।  पुर्वेली लोक गित संगितमा अब्बल मानिएकी गायिका हुन अन्जु गौतम । बिगत एक दशकदेखि इटहरीलाई कर्मथलो बनाएर उनी क्रियाशिल छिन । उनले लोकगीत, पुर्वेली, लोक आधुनिक, भजन तिहार गीतमा स्वर दिएकी छिन ।  उनले ८ ओटा एल्बम मार्फत करिब डेढ सयको संख्यामा गितहरु गाएकी छिन । हरेक चाडपर्वमा एल्बम निकाल्ने उनले यो तिहारमा पनि गित रेकर्ड गराएकी छिन ।  दशैं अघि अडियो र दशैंपछि भिडियो रेकर्ड गरिएको तिहारसम्बन्धी नयाँ गीत ८ मिनेट लामो रहेको गौतमले बताइन् ।  उनले सो गितको छायांकन इटहरीको पशुपति चोक र आसपासमा गरेकी छिन । उनी यो गितबाट आशावादी समेत रहेकी छिन । गीतमा गायत्री लम्साल अञ्जु गौतमको स्वर रहेको छ । गायक लम्सालको शब्दमा बलराम समालले सङ्गीत भरेका छन् । संयोग विष्टले तस्बिर तथा दृश्य खिचेको गीतको निर्देशन तुलसी घिमिरेले गरेको गौतमले बताइन् । पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको सो गीतको एरेन्ज रुद्र श्रेष्ठले गरेका छन् ।

(हेर्नुहोस् भिडियो)

 

 

तपाईको प्रतिक्रिया