मदन अधिकारी / सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ११ मधुवनकी एक १६ वर्षीया बालिका । छिमेकीसँग निरन्तर दुई वर्षदेखि प्रेम सम्बन्ध राखेकी उनले अहिले निकै तनाब झेलिरहेकी छन् । उनलाई केही सोध्न खोज्दा भावुक हुन्छिन्, बोल्न अफ्ट्यारो मान्छिन् । परिवारको आर्थिक अवस्था निकै कमजोर छ । केही महिना अगाडि सम्म उज्यालो अनुहार अहिले निन्याउरो भएको छ ।

कारण हो बालिकाको पेटको गर्भ । केही समय अगाडि दुबैजना विवाह गर्न भनी भागेर इनरुवा गए । सोही बेला आफ्नो पेटमा प्रेमी कुन्दन गुप्ताको गर्भ बसेको बालिकाले बताइन् । तर यती बेला न त उनलाई कुन्दनका परिवारले नै साथ दिएका छन् न त प्रहरी प्रशासनले । निकै बेरको प्रयासपछि उनले  आफ्ना कुराहरु सविस्तार राखिन् । न्याय पाउने आशामा ।

‘मलाई वँहा (कुन्दन)ले निकै माया गर्नुहुन्छ तर उहाँका परिवारले गर्दा वँहाले मलाई अपनाउन सक्नु भएको छैन’ मलिनो अनुहारसँगै बोलिन्, ‘हामी दुवै विवाह गर्ने भनि घर बाट भागेर इनरुवा असारमा गएका थियौ, त्यहि समयमा मेरो पेटमा गर्व रहन गयो । यो कुरा वँहालाई समेत थाहा छ ।’

५ महिनाको बच्चा रहेको भएपनि घरमा भने केही दिन अगाडि मात्र जानकारी भयो । नजिकै रहेको स्वास्थ्य चौकिमा लगि उपचार गराउदा उनको पेटमा ५ महिना देखिको बच्चा भेटिएको हो । ‘हामी बीच राम्रो सम्बन्ध छ । दुबैले उत्तिकै माया गर्छौ ।’ निरास हुँदै थपिन्, ‘तर उहाको घर परिवारले उहाँलाई लुकाएका छन्, उहाँको विवाह मङ्सिर २ गते गराइदिने तयारी भइरहेको छ ।’

पैसामा मिल्न दवाव दिँदै 
दैनिक भेटगरी स्थानीय स्तरमै मिल्न केटाका वुवा दिपनारायण गुप्ता, स्थानीय कृष्ण न्यौपाने, हसिप अन्सारी, नुनु भनिने अस्पाक अन्सारी लगाएतले पैसामा घटना मिल्न दबाब दिइरहेका पीडितका बुबाले बताए ।उनले भने  ‘हामीलाई केटाका परिवारले दवावसँगै अप्रेसन गराउन भनि धम्कि समेत दिने गरेका छन् ।’

आरोपितका वुवा भन्छन् यो गलत हो 
यता केटाका वुवा दिपनारायण गुप्ताले भने सरासर गलत भएको बताएका छन् । ‘पाँच महिना हुन्जेलसम्म किन यो कुरा सार्वजनिक गरिएन ?’ उनले भने, ‘यो एउटा नियोजित ढङ्गबाट हामीलाई आरोप लगाइएको हो । आफ्नो छोरा हाल कहाँ छ भनेर आफैलाई जानकारी नभएको र यही कुरा बाहिर आएदेखि उ घरमा नभएको उनी बताउँछन् । ‘मेरो छोराको विवाह हुने कुरा सरासर गलत हो’ उनले थप, ‘हामीले कुनै पक्षलाई दवाव समेत दिएका छैनौं ।’

प्रहरी प्रशासन यसो भन्छ
यता मधुवन प्रहरीले भने यो कुरा कार्यालय सम्म नआइपुगेको जनाएको छ । ‘हामी मौखिक आधारमा एक पल्ट केटाको घरमा पुगेका थियौं तर केटा घरमा थिएन, हामी फर्कियौं ’ प्रहरी प्रमुखले भने, ‘तर यदि पीडित पक्षलाई सुरक्षा चाहिए हामी सुरक्षा दिन तयार छौं ।

स्थानीय प्रशासन भन्छ – हामी पीडितलाई न्याय दिलाउँछौं 
यता बराहक्षेत्र नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष केदार विष्टले पीडित बालिकालाई न्याय दिलाइ छाड्ने बताएका छन् । पत्रकारहरुसँग कुरा गर्दै विष्टले सो कुरा बताएका हुन् । ‘हामी न्याय दिलाउन आएका हौं न्याय दिलाइ छाड्छौं’ उनले भने, ‘पीडित परीवारलाई म आफै सुरक्षा समेत दिन्छु ।’

तपाईको प्रतिक्रिया