इटहरी/ इटहरी दशैं किनमेल महोत्सवमा आज अन्तीम दिन नेपाल आइडल का निसान भट्टराईको बेजोड प्रस्तुति रहने भएको छ । नेपालको पहिलो अन्तराष्ट्रिय फ्रेन्चाइज शो नेपाल आइडल सिजन ( १ गायन प्रतियोगितामा सहभागी बनेर नेपाली संगीत प्रेमी स्रोता दर्शकका माझ चर्चित बनेका निसान भट्टराई इटहरी दशैं किनमेल महोत्सवमा इटहरीका दर्शकहरुलाई नचाउन महोत्सवमा आउने भएका हुन । निशान भट्टराई नेपाल आइडल सिजन ( १ का पहिलो रनरअप भएका थिए। आज पनि नेपाल आइडलमा निशानले गाएका विभिन्न गीतहरू उनका समर्थक तथा शुभचिन्तकहरू बीच लोकप्रिय छन्। आज नेपाल आइडल का निसान भट्टराईले ओइ भुन्टी ओइ वोलको गीत सहित अन्य गितहरु गउने छन ।  इटहरीस्थित जनता मा ।बि को खेलमैदानमा भईरहेको महोत्सव आज अन्तीम दिन भएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया