इटहरी । माडवारी समुदायमा लोकप्रिय डण्डीया नाच्न पहिलो पटक इटहरीमा औपचारिक कार्यक्रम गरी सम्पन्न गरिएको छ ।

इटहरीको दुर्गा पाटी प्यालेसमा माडवारी युवा मञ्च इटहरीले आयोजना गरेका डण्डिया नाइटमा कलाकारहरुले डण्डिया नाच प्रर्दसन गरेका हुन । छिमेकी मुलुक भारतमा माडवारी समुदायको वसोवास रहेको क्षेत्रहरु राजस्थान , गुजरात लगायतमा डण्डिया नाच लोकप्रिय रहेको माडवारी समुदायका मानिसहरु वताउछन । गुजरात तथा राजस्थानमा लोकप्रिय सांस्कृतिक नृत्यका रुपमा रहेको डण्डिया नाच प्रर्दसन गर्न डण्डिया नाइट नाम दिएर कार्यक्रमको आयोजना गरिएको हो । डण्डिया नाइट चन्दन महतको संयोजकत्वमा सम्पन्न भएको माडवारी युवा मञ्च इटहरीका अध्यक्ष राजिव अग्रवालले जानकारी दिए । कार्यक्रममा तीन सय वढी माडवारी समुदायका मानिसहरुको उपस्थिती रहेको मञ्चका सचिव मोहीत खेडियाले वताए ।

तपाईको प्रतिक्रिया