कोर्ट किवर्ज स्वीटजरल्याण्डका नागरिक हुन साथै उनी स्वीस कन्टयाक्टका सिनियर एक्सपर्ट समेत हुन । ७१ बर्षीय कोर्ट किवर्ज यतिबेला सुनसरीको ईटहरीमा रहेको प्रिमियर होटल एण्ड स्कुलमा प्राध्यापन गरिरहेका छन । एक महिने नेपाल बसाईका क्रममा उनले सो स्कुलका बिद्यार्थीसँग आफनो अनुभव साटनेछन । आफनो देशमा रिटार्यड लाईफ बिताईरहेका उनी आफनो देशको नियमअनुसार गरिब देशमा अनुभव साटने क्रममा नेपाल आएका हुन ।
   उनले नेपालमा आफुले जानेको भोगेको कुरा सिकाउने बताएका छन् । नेपालीहरु यूरोपियन जस्तै नभएको तर उनिहरु धैरै सम्भावना रहेको  उनले वताएका छन् ।  उनले विद्यार्थिहरुको निम्ति  नेपालीहरुले विभीन्न तालिम दिदै आएका छन् । यदि विद्यार्थिहरुले रचनात्मक र लगनशिलताका साथ कुनै काममा केन्द्रित भई सफल  बन्ने कुरा बताएका छन् ।  नेपाल आएर आफ्नो अनुभव साटन पाउँदा खुसी लागेको र फेरीपनि नेपाल आउन चाहेको उनले बताएका छन । प्रिमियर स्कुलमा किचन सर्भिस ,फ्रन्ट अफिस हाउस किपीङ्गको सेवा  एकदमै राम्रो भएको र यहाँ अनुभव साटन पाउँदा खुसी लागेको उनले बताए । उनीसँगको भिडियो कुराकानी

तपाईको प्रतिक्रिया