मदन अधिकारी / प्रकाशपुर नेपालको तराइ भेगका कथाहरु प्राय उस्तै हुने गरेका छन् । कुनै समय जंगलले भरिएको तराइका जमिनहरुमा विस्तारै वस्ति वितार भएको कथा हामी सवैकालागि नौलो विषय भने हैन । जंगलले भरिएको तराइमा आवाधी वढ्न थालेपछी स्थानियहरुकै अगुवाइमा विभिन्न विकास निमार्णका कामहरु भएका तथ्यगत प्रमाण भेटिन्छ । तिनै भिडमा प्रकासपुरमा पहिलो पटक सडक विस्तार गर्ने व्यक्तिको नाम लिदा आउने नाम सूर्य प्रसाद मिश्रको हो । मानिस जन्मनु मर्नु प्रकृया हो, तर मानिसले गरेको कृती मृत्युपस्चात पनि अमर रहन्छ । त्यसैलेपनी लोके कृति कुले वृत्ति भन्ने नेपाली उखान अहिले पनि चलनचल्तीमै छ । २०१२ सालमा मधधेशबाट औलो निर्मुलन हुन पुग्यो । त्यसयता कोहीपनी मधेश जान नरुचाउने मिश्र वताउँछन् । औलोको प्रकोपका कारण त्यसताका मानिसको ज्यानै लिने गर्दथ्यो । तत्कालिन श्री ५ को सरकारले औलो निभारण भएको घोषणा गरेपछी पहाडबाट मानिसहरु मधेश भित्रन थाले ।

यसरी मधेश भित्रनेको भिडमा पहाडमात्र थिएन । अन्य मुलुकमा रहेका गैर आवासिय नेपाली समेतलाई मधेशले तानेको मिश्रको बुझाइ छ । यहि क्रममा भुटानमा बसोबास गरिरहेका मिश्रपनी हालको प्रकासपुरमा आइपुगे । त्यसताका प्रकासपुर अहिलेको जस्तो रहरलाग्दो हैन डरलाग्दो भएको मिश्र बताउँछन् । पातलो आवाधी र घना जंगल अनी जंगली जनावारहरुको त्रासले मधेश सोचेजस्तो थिएन । त्यसोत मधेश आएका मिश्रका छोरा राजनलाई समेत गुमाउनु परेको तितो सत्य र हालिलाग्दो कथा उनका पछाडी लुकेको छ । जंगली हात्तीको आक्रमणबाट आफ्नो छोराको मृत्यु भएको पीडा हालपनी आलै रहेको उनी वताउँछ । त्यसोत अहिले पनी आरक्ष नजिकै भएकाले हात्तीको प्रकोप प्रकासपुर क्षेत्रमा कायमै छ । धमाधम भएको जंगल फडानी र बस्ति विस्तारले लामो समय सम्म निरन्तरता पायो । यही क्रममा मधेशका घना जंगलहरु वस्तिमा परिणत हुन पुगे । त्यही वस्तिहरु मध्येको एक बस्ति भोक्राह गा.वि.स. बन्न पुगेको मिश्र बताउँछन् ।

२०३६ सालताका भोक्राह गा.वि.स.मा रहेको प्रकासपुरले आफ्नै नाम पायो । सो समयमा भोक्राहबाट फुटेर प्रकासपुर गा.वि.स. नामाकरण हुन पुग्यो । प्रकासपुरले नाम आफ्नै पाएको थियो, गा.वि.स. आफ्नै पाएको थियो । तर प्रकासपुरको कहालिलाग्दो अवस्था भने उस्तै थियो । त्यसो त शिक्षा क्षेत्रको कुरा गर्ने हो भने लगभग शुन्य रहेको मिश्र बताउँछन् । २०२१ साल भन्दा अगाडी हालको नवदुर्गा स्कुल नजिक अनुपलाल कायस्थाले केही शुल्क लिएर विद्यार्थीहरु पढाउने गर्दर्थे । यसरी पढाउने भएपनी शिक्षामा सबैको सहभागीता निकै परको विषय थियो । २०२१ सालताका वल्ल शैक्षिक संथालाई सो क्षेत्रमा संथागत गर्न सकियो । हालको प्रकास मा.वि. भएको स्थानमा एक विदालयको स्थापना हुन पुगेको र त्यहीनै सो क्षेत्रको पहिलो विल्द्यालय रहेको मिश्र दावी गर्दछन् । २०४८ सालमा निर्वाचन हुन पुग्यो मिश्र सो निर्वाचनमा नेपाली कांग्रेको तर्फवाट प्रकासपुर गा.वि.स. वडा नं. २ को वडा अध्यक्षमा निर्वाचित हुन पुगेको वताउँछन् ।

आफु निर्वात भएपछी उनैले प्रकासपुरमा सडक विस्तारको काम थालेको उनी दावी गर्दछन् । मानिसले आहोर दोहोर गर्ने गोरेटो सम्म नभएको अवस्थामा आफु निर्वाचित भएपछी सडक विस्तार नगरि स्थानीय विकास हुन सक्दैन भन्ने कुराले मिश्रलाई चिन्तित तुल्यायो । सडक विस्तार गर्न सोचेजस्तो सहज थिएन । एकातर्फ सडक विस्तार गर्न आवश्यक पर्ने आर्थिक श्रोथ त थिएननै अर्को तर्फ सडक विस्तारमा स्थानीयहरु समेत सहयोग गर्ने पक्षमा नरहेको हुँदा आफु दोहोरो समस्याको चपेटामा परेको उनी बताउँछन् । बाटो खोल्नु भनेको त्यसताका अपराधी हुनु जस्तो रहेको उनको वुझाइ छ । त्यती हुँदाहुदै पनी जहाँ इच्छा त्यहा उपाय भनेझैँ मिश्रले एक उपाय निकाली छाडे । २०४८–५० सालताका श्री ५ को सरकारले जनतालाई चामल वितरण गर्ने कार्य ग¥र्यो । मिश्रले सरकारले दिएको चामललाई विक्री गरेर सडक विस्तारका लागि रकमको जोहो गर्ने निर्ण गरे । एक्लो प्रयासले यो काम गर्न निकै कठिन भएपनी मिश्रलाई उनका छोरा राजनको राम्रो समर्थन र सहयोग थियो । आफ्नो योजना मुताविक मिश्रले चामल विक्रीगरी सडक निर्माणको काम थाले । गाउँलेहरुले वडा अध्यक्षले चामल बेचेर खायो भन्ने आरोप खप्नु देखी उनका छोरा राजनलाई घेराबन्दी गर्ने सम्मका हर्कतहरु नभएका हैनन् । तथापी कतव्र्य पथमा लम्एिको उद्देश्यमुखी यात्री यात्राका सानातिना समस्या वाट भग्दैन भनेझैँ मिश्र आफ्नो कतव्र्य पथमा लम्किरहे । निरन्तर गरेको भगिरथको प्रयासबाट अन्त्यतः मिश्रले हालको जुंगे चौक शिकारीथान सडक खण्ड विस्तार गर्न सफल भए । पछि समयको परिवर्तन संगै मानिसमा सडक आवश्यक वस्तु हो भन्ने चेतनाको विकास हुदै गयो । त्यस पस्चात पम?को योगदानलाई स्थानीयहरुले मुक्तकण्ठले प्रशंसा गर्न थाले । हाल मिश्र प्रकासपुरका पहिलो बाटो खोल्ने व्यक्तिको रुपमा परिचित छन् । हालै आएर सो सडक खण्ड ए.डि.भि.को ठेक्कामा पक्की भईरहदा उनी निकै हर्षित भएको वताउँछन् ।

तपाईको प्रतिक्रिया