धरान : सुनसरीमा गोली चल्दा एकको घटनास्थलमा नै मृत्यु भएको छ भने एक प्रहरी जवान घाइते भएका छन् । हरिनगरा गाउँपालिका २ भुटाहा भारतीय हतियारधारीको गोली लागेर मौलाना खुर्सिदको घटनास्थलमा नै मृत्यु भएको छ । उनी  एक बोर्डिङ स्कुलका प्रधानध्यापक पनि थिए । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएकाले उनलाई गोली प्रहार गरेका हुन् । गोली प्रहार गरेर दक्षिण भारतीय सिमातर्फ मोटरसाइकलमा भाग्दै गरेको समुह र प्रहरीबीच घुस्कीमा आमने सामने हुदा एक प्रहरी जवान शिवलाल पौडेल पनि घाइते भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीले जानकारी दिए । गोलि प्रहारबाट घाइते शिव पौडेल हरिनगरा ४ का खुर्सिद आलम अन्सारीलाई गोलि हानी भागेका दुई बन्दुकधारीहरुलाई पक्राउ गर्न खोज्दा घाइते भएका घुस्की प्रहरी चौकिका प्रहरी जवान शिव पौडेलको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको छ । भोक्राहामा गोलि चलाएर भागेका भारतीय नम्बर प्लेटमा आएका दुई जना बन्दुकधारीको गोलि प्रहारले पौडेलको तिघ्रा र कम्मरमा गोलि लागेको छ । उनी माथि प्रहार भएको दुवै फाईरिङ गोलि तिघ्रा र कम्मरको छेउलाई छेडेर बाहिरिएको छ । गोलि प्रहार गरेर भारतीय नाका तर्फ फरार रहेको सुचना आए पछि पौडेल बन्दुक लिएर चौकि बाहिर निस्केका थिए । गोली हानी भारततर्फ भागेका हतियारधारी समूहको पिछा गर्दै जादा हरिनगर गाउपालिका वडा नं ४ को घुस्कीमा पुगेपछि प्रहरीमाथि समेत गोली प्रहार भएको घटना स्थलमै खटिएका जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर कमल खत्रीले जानकारी दिए । उनको अवश्था सामान्य रहेको प्रतिष्ठानका चिकित्सकले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया