सम्पूर्ण अष्ट्रियाबासि नेपालीहरुको साझा नेपालि सामाजिक र साँस्कृतिक संस्था नेसास अष्ट्रिया र सगरमाथा स्पोर्ट क्लब भियनाको सक्रिय अष्ट्रियाको राजधानी भियनाको ओट्टकिरिंग भन्ने ठाउमा नेपालको पर्यटन बिकासमा टेवा पुर्याउने अर्थात नेपाललाइ बिश्व माझ चिनाउने उदेश्यका साथ् भब्य रुपमा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम नेपालको प्रचारप्रसार गरि तथा नेपालि सांगीतिक कार्यक्रम राखिएको थियो । नेपालि लोगगित तथा मारुनी निर्त्य प्रस्तुत गरि निकै रमाइलो बाताबरण उत्पन्न भएको थियो । MA 17 (साँस्कृतिक सम्बन्धि सरकारी संस्था ले आयोजना गरेको उक्ता कार्यक्रममा नेपालको तर्फ देखी नेपालि सामाजिक र साँस्कृतिक संस्था नेसास अष्ट्रिया र सगरमाथा स्पोर्ट क्लब भियनाले भाग लिएर बिदेशीहरु बीच नेपाललाई चिनाउने प्रयास गरेका थिए ।

उक्त स्थानमा नेपालको तर्फ देखी एउटा स्टाल राखिएको थियो जसमा नेपालका पर्यटकीयस्थल जस्तै सुन्दर हिमाल, ताल मन्दिर तथा Budda was born in Nepal भन्ने ठुल-ठुला पोस्टर अनि नेपालको झण्डाहरु झुन्डाइएको थियो । यस स्थानमा झन्डै ५० अन्य देशहरु पनि समाबेश भएका थिए । उक्त कार्यक्रम नेपालि दुताबाससँग छलफल गरि गरिएको र दुताबासले पनि यस कार्यक्रमको लागि महत्वपूर्ण सहयोग गर्नुभएको तथा हामि नेपालीहरु बिदेशमा बस्ने मात्र होइन देशको लागि पनि केहि योगदान गर्नु हाम्रो कर्तब्य हो ,नेसासका 

महासचिब रमेश खड्काले बताउनुभयो । उक्त स्थानमा नेपालि दुताबासदेखी Counsellor- Mr.Amber Bahadur Karki उपस्थित् हुनुन्थ्यो र उहाले यस कार्यको निकै प्रशंसा गर्नुभयो। आउदा दिनहरुमा हामि सहकार्य गरेर यस्ता कार्यक्रमहरु गर्दै जाने बारे उहाले बताउनु भयो । नेपालि चिया बाडेर नेपालको खानपिन, रहनसहन, सस्न्कृति जस्ता बिषयमा निकै रमाइलो मानेका थिए । यस कार्यक्रममा नेपालीहरुको बाक्लो उपश्थिति रहेको थियो । समाज सेबी निलम शेंचुरिले प्रतक्ष् सहयोग गर्नुभएको थियो । यस कार्यक्रमले हामीलाई आउदा दिनहरुमा अझै राम्रा कार्यक्रमहरु गर्दै जाने उर्जा मिलेको छ ।

तपाईको प्रतिक्रिया