समग्र बराहक्षेत्र नगरपालिकाको विकास, त्यसमा नगरपालिकाले खेलिरहेको भूमिका र २ कम्युनिष्ट पार्टी बिच भएको एकताले पारेको प्रभाव लगायतका विषयमा संवाददाता मदन अधिकारीले पूर्व नेकपा एमाले बराहक्षेत्र संयोजक तथा नेकपाका जिल्ला सदस्य केशव तिम्सिना बिच भएको कुराकानीको संपादित अंश

१। तपाइलाई वराह खबरमा स्वागत छ ।
– धन्यवाद्
२। बराहक्षेत्र नगरपालिकामा नेकपाको स्थानीय सरकार भएको र तपाइ पनि नेकपाकै संयोजक भएका कारण यस नगरको समृद्धि कसरी सम्भव छ भन्ने निष्कर्षमा तपाईहरु पुग्नु भएको छ र ?
– नगरपालिकाको आर्थिक समृद्धि र विकासका लागि भौतिक तथा प्राकृतिक श्रोत साधनहरुको उपयोगनै हाम्रो बाटो हो । जसका लागि पहिलो कुरा बराहक्षेत्र नगरपालिकालाई धार्मिक तथा पर्यटक क्षेत्रको रुपमा विकास गराउने हाम्रो लक्ष्य हो । दोश्रो कुरा भनेको कृषि क्षेत्रमा आधुनिकीकरण तथा कृषि क्षेत्रको व्यवसायिकरण हाम्रो लक्ष्य हो । बराहक्षेत्र नगरपालिकामा प्रशस्त कृषि भू–भाग भएकाले हाल जिविकोपार्जनको कृषिलाई परिणत गर्दै कृषकहरुलाई व्यवसायिक बनाउने हाम्रो लक्ष्य हो । चुरे पहाड देखि तराईको फाँटसम्म हाम्रो नगरपालिकामा रहेका कारण एक कृषि कलेजको स्थापना गरेर चुरे पहाडको खाली जमिनमा जडिवुटी उत्पादन गर्न सकिन्छ भन्ने त्यसको राम्रो सम्भावना भएको हामीले बुझेका हौँ ।
जसका लागि हामीले अघिल्लो आर्थिक वर्षमा सडकलाई नै मुख्य पूर्वाधार मानेर विकास गर्ने लक्ष्यका साथ अघि बढेका हौँ । नगरको हरेक क्षेत्रमा सडक पूर्वाधार विकास गर्ने र त्यसैलाई कालोपत्रे गर्नेगरी स्तरिय सडक निर्माण गर्ने हाम्रो अघिल्लो सालको लक्ष्य रहेको थियो । तथापि काम गर्दै जाँदा कतिपय अवस्थामा पूर्ण वैज्ञानिक नहुनु, ढल नालाको व्यवस्थापन नहुनु, सोचे जस्तो सामाग्रीको प्रयोग नहुँदा सोचेजस्तो गुणस्तरको नतिजा नआउनुले वर्षामा ती सडकहरुमा क्षति पुगेको छ ।
३। बराहक्षेत्रका प्रतिपक्ष दलले हाम्रा कुराहरु नसुनेको, नगरपालिका एकलौटी ढङ्गबाट अघि बढेको भन्ने गुनासो गरिरहेका छन् नी ?
– वास्तम्वमा हामी सबैले लोकतान्त्रिक विधी र प्रकृयामा चल्नु पर्दछ । प्रतिपक्षका कुरा नसुनेको भन्ने गुनासो आउँदै गर्दा उहाँहरुको नगरपालिकालाई समृद्ध नगरपालिका बनाउन खेलेको भूमिकाको पनि चर्चा हुनु आवश्यक छ । उहाँहरुबाट सुनुवाइ गर्नलाई लिखीत प्रस्तावनाहरु, रचनात्मक कुराहरु आउनुपर्यो नी । त्यसै चिया पसलमा गाउँ टोलमा हामीलाई सोधेन भन्नु त काम गर्न नदिने र अल्झाउने कुरा मात्र हुन् । उहाँहरुबाट रचनात्मक सल्लाह सुझावहरु आएमा हाँमी त्यसको छलफलमा केन्द्रित हुने, हेरफेर गर्ने हो । तर मुखले बाहिर बाहिर भनेकै भरमा बहुमतको सरकारले सम्बोधन गर्दैन ।
४। प्रतिपक्षको मात्र नभएर तपाइको पार्टी भित्रै पनि असन्तुष्टि भएका कुराहरु आएका छन् नी ?
– हैन पार्टी भित्र पनि सबै एकै प्रकारका मानिस हुदैनन् । कतिलाई व्यक्तिगत रुपमा चित्त नवुझेको पनि हुन्छ । मैले हाल ८ वटा वडाका साथीरुसंग भेटघाट पनि गरिसकेको छु । कतिपय संग यी विषयमा कुरा पनि भएका छन् । विस्तारै यस्ता कुराहरु सुनिदैनन् । असन्तुष्टिहरु काम गर्दै जाँदा क्रमिक रुपमा हल हुँदै जान्छन् ।
५। नगरपालिकाको विगत १ वर्षको विकास हेर्दा ८ नं। वडामा चाहि केही पनि छैन् । किन यस्तो भएको होला रु समानान्तर विकास हुनुपर्ने हैन र ?
– हाल लोकतन्त्रमा विकास नहुनु पर्ने एक तत्व विकास भएको छ , त्यो क्षेत्रवाद र जातिवाद हो । लोकतन्त्रमा यी तत्वहरु विकास हुँदै सबैलाई घातक हुन्छन् भन्ने हाम्रो पार्टीको ठहर पनि हो । तपाइले भनेजस्तो हामीले अघिल्लो वर्षको विकासको अवस्थितीलाई नियाल्दा ८ नं। को जुन सवाल उठाउनु भयो । त्यो केही सत्यको नजिक रहेको छ । तर लोकतन्त्रमा समावशीतालाई हामीले जुन अवलम्बन गरेका छौँ । त्यो समावेशीता भनेको जाती, समुदाय र वर्गमा मात्र हुँदैन । त्यो समावेशीता विकासमा पनि लागु हुनुपर्दछ भनेर मैले पहिला देखिनै कुरा उठाईरहेको छु । अव, यस पटकको बजेटको सिलिङ् हेर्दा ८ नं। को समस्या पनि समाधान होला जस्तो देखिएको छ । समग्र वडाहरुलाई समावेशी वितरणका आधारमा विकास गर्ने कुरा सम्वोधन हुनुपर्ने भन्ने मेरो बुझाइ हो ।
६। छिमेकी नगरपालिकाका वडाहरुमा जनसंख्याको आधारमा बजेट विनियोजन भएको छ । तर हाम्रो नगरपालिकामा चाहि सीमित रकम वडालाई दिएर सबै नगरपालिकाले नै राखेको वडा अध्यक्षहरुको गुनासो छ नी ?
– यसमा नगर अलिकती चुक्यो । हामीले गत वर्षको बजेट कार्यान्वयन हुँदै गर्दा पार्टीको तर्फबाट नगरपालिकालाई २ वटा सुझाव दिएका थियौँ । पहिलो नगर प्रोफायल तयार गर्नोस् भनेका थियौँ । यसो गर्दा नगरको सर्वपक्षिय अध्ययन हुन्छ । नगरमा उतपादन क्षेत्र कति छ रु बाझोँ जमिन कति छ रु कहाँ के को सम्भाव्यता छ रु कति सामाग्री हामीले आयात गर्नुपर्ने हुन्छ अनि कती निर्यात गर्न सक्छौँ रु जस्ता कुराहरु निस्कन्थे । तर नगरपालिकाले त्यसो गरेन । दोश्रो कुरा नेपाल सरकारले अन्तराष्ट्रसंग १७ वटा विषयमा सुधार गर्ने, गाँस वाँस कपास लगायतका कुराहरुमा सघर्ष गर्नुपर्ने वातावरणको अन्त्य गर्ने भन्ने सहमतीनै गरेको छ । ती विषयलाई ध्यानमा राख्दै नगर वैज्ञानिक ढङ्गबाट अघि बढ्नु पथ्र्यो त्यसो गर्न नगरपालिका चुकेको हो । तथापी अव आउने दिनमा त्यसमा पनि नचुकीकन अघि वढ्ने बातावरण तयार हुने कुरामा म विश्वस्त छु ।

७। देश व्यापी रुपमा कर वृद्धि भएको छ रु यस नगरपालिकामा यसको अवस्था कस्तो छ रु तपाइहरुको धारणा कस्तो रहेको छ ?

– कर भनेको विश्वव्यापी मान्यता हो । कर विनाको विकास सम्भव छैन् । तर जनताको अवस्था र आम्दानीलाई ध्यानमा राखेर कर वृद्धि गर्नु पर्दछ । नागरिकले कर नउठाउँ भनेका पनि हैनन् उठाइएको करको चुस्तता, उपयोगको अवस्था कस्तो छ त्यो चाहीँ बुझ्न चाहेका हुन् । हामीले हाल कर बढाउने भन्दा पनि करको दायरा बढाउने बाटोलाई मात्र अंगालेका छौँ । जव स्थानीयहरुमा कर हाम्रै विकासका लागि हो । हामीले कर तिरेमा मात्र स्थानीय विकास सम्भव छ भन्ने मान्यताको विकास हुन्छ त्यस पश्चात् मात्र कर वृद्धि गर्ने हाम्रो लक्ष्य हो ।
८। गत आर्थिक वर्षको कृषिको बजेटको प्रयोग र त्यसबाट लिन सकिने लाभ अनि यस आर्थिक वर्षमा कृषिमा विनियोजन भएको रकम कसरी लिनु भएको छ ?
– यो गलत भयो । गत वर्ष साढे तीन करोड ज्यादा रकम विनियोजन भएपनि त्यसको वैज्ञानिक ढङ्गबाट उपयोग हुन सकेन । त्यसलाई उपयुक्त उपयोग गर्न सकिएको भए माछा पालनमा राम्रो फड्को मार्न सकिन्थो । परवल खेती, जुन लोप भएको छ तयसमा लगानी गर्न सकेको भए प्रतिफल देखा पथ्र्यो । थुप्रै किसानहरु पनि यो प्रवृत्तिबाट असन्तुष्ट भएका छन् । यस वर्ष बजेट घटेको छ । यी विषयहरुमा गलत भएकै हो ।
९। एक वर्षे अनुभवमा २० वर्ष सम्म कर्मचारीले चलाएको यो पद्धतीलाई जनप्रतिनिधिले चलाउँदै गर्दा कर्मचारी प्रशासनलाई कुन रुपमा लिनु भएको छ ?
– यसमा सत्यताको अंश छ । कर्मचारी साथीहरुले संग्लिदै जानुपर्ने देखिन्छ । मैले समिक्षा वैठकमा पनि कर्मचारीहरुले ९ वटा काम गर्नोस भनेर सुझाव दिएको थिए । सुझाव पेटीका राख्ने जसबाट स्थानीयले गुनासो उजुर गर्न सकुन् । सहायता कक्ष राख्ने, जसबाट आगन्तुक तथा पर्यटकहरुले सहयोग लिन सकुन् । पञ्चवर्षिय योजनालाई अगाडी बढाउने, ०६८को प्रोफायललाई केही परिवर्तन गर्ने, तत्कालिन नगरको अवस्थिती थाहा पाउन तथ्यांक संकलन गराउनुहोस् भन्ने लगायतका ९ वटा सुझावहरु दिएको छु । आशा छ ती कुराहरुलाई कर्मचारी साथीहरुले सम्बोधन गर्नुहुनेछ ।

१०। अन्त्यमा वराहक्षेत्रवासीलाई के भन्न चहानुहुन्छ ?
– वराहक्षेत्र नगरपालिका राम्रो सम्भावना भएको नगर हो । संगसँगै केही चुनौती त पक्कै छन् । यहाँका भौतिक तथा प्राकृितक साधनहरुको उपयोग गरेर नगरको विकास गर्न सकिन्छ । नगरलाई पर्यटकको हवको रुपमा विकास गर्न सकिन्छ । त्यसका लागि जनप्रतिनिधीहरुले इमान्दारिताका साथ काम गर्नु पर्दछ । जनप्रतिनिधिहरुले इमान्दारिता, स्पष्टता, जवाफदेहीता, पारदर्शीतालाई अवलम्वन गरि काम गर्नु पर्दछ भन्न चहान्छु ।

११।कुराकानी गर्नका लागि समय दिनु भयो त्यसका लागि तपाईलाई पनि धन्यवाद् ।
– धन्यवाद्

तपाईको प्रतिक्रिया