इटहरी / नायीका रेखा थापा यतीखेर तिहारमा रिलिज हुन लागेकोे चलचित्र ‘मालिकाको प्रचार प्रसारमा व्यस्त छिन । नेपाली चलचित्रमा रेखा थापा नायीका देखी निर्देशक सम्म बनिसकेकी छन । अभिनेत्री रेखा थापाद्वारा अभिनीत, निर्मित तथा निर्दे्शित फिल्म ‘मालिका’ तिहारमा रिलिज गर्ने तयारीको साथ प्रचार प्रसारमा जुटेकी छन । रामशरण उप्रेतीको छायांकन रहेको फिल्म मालिका यस वर्षको लक्ष्मीपूजामा रिलिज हुँदैछ । ‘मालिका’ मा रेखा थापा र जाजरकोटकी कमला वलीको मुख्य भूमिका रहेको छ । शिवम अधिकारीको लेखन पटकथा रहेको फिल्ममा रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट छ । नर कार्की फिल्मका कार्यकारी निर्माता समेत हुन् भने निर्मातको रुपमा रेखाकी आमा सरस्वती थापा छिन् ।

नेपाली चलचित्र क्षेत्रमा रेखा थापालाई नचिन्ने प्राय भेटिदैनन् । नेपाली चलचित्र क्षेत्रको रेखाको नामै काफी छ । उनी कलाकार मात्र हुदा जती क्रेज थियो त्यसको दुई तिहाईले बढेको छ उनको क्रेज अहिले । उनी सफल नायीका हुदै सफल निर्देशक सम्म बनिसकेकी छन । हालैमात्र उनले निर्देशन गरेको चलचित्र ‘मालिका’ बालविबाह को विषमयमा निमार्ण गरीएको छ । रेखा थापाले पछिल्लो समय समाजिक विषयबस्तुमा चलचित्र निमार्ण गर्न थालेकी छन ।

अहिले देशमा महिला हिंसा, बलात्कार लगायतको घटना दिनानुदिन बढीरहेको छ । महिला हिंसा, बलात्कार लगायतको विक्रती विरुद्ध र छोरीको अधिकारको संरक्षणको अभियानको रुपमा मालीकालाई आफुले लिएको निर्देशक थापाले बताइन । अन्यायमा परेको समाज र वर्गलाई न्याय दिनु नै जीवनको सार्थकता हुन्छ भनेर समाजको बीचमा उभिएकी नायिका थापा आफुले निमार्ण गर्ने चलचित्रले कति कमाउछ भन्दा पनि समाजलाई के सन्देश दिन्छ र संख्यात्मक भन्दा पनि गुणात्मक कोणबाट कथाको मर्म बुझेर चलचित्र दृश्यावलन गर्नु पर्नेमा पछील्लो समय जोड दिदै आएकोले पनी उनको के्रज बढेदो क्रममा छ । त्यतीमात्र हैन सोसिएल मिडियामा पनी थापाको क्रेज बढ्दो छ ।, सोसिएल मिडियामा समेत उनको राम्रो उपस्थिती रहेको पाइन्छ ।

पछिल्लो समयमा लोकप्रियता जाँच्ने एउटा कसि बनेको छ सोसियल मिडिया। सोसियलमा मिडियामा पनि सबै भन्दा बढि चल्तिको फेसबुकमा हेर्दा नायीका रेखा थापाको लोकप्रियताको ग्राफ पत्ता लाग्छ। फेसबुक पेजमा सम्भवतः सबैभन्दा बढि लाइक पाउने नेपाली कलाकार हुन रेखा । फेसबुकमा रहेको उनको आधिकारिक पेजमा मात्रै ३२ लाख भन्दा बढिले लाइक गरेका छन्। उनका नाममा खोलिएका अनगिन्ति पेजमा पनि लाखौ लाईक छन् । फ्यान पेज बाहेक फेसबुकमा आफ्नो छुट्टै ‘अकाउन्ट’ पनि नियमित चलाउँछिन रेखा । रेखाले सन २००९ देखि फेसबुक चलाउन थालेकी हुन् । उनले समाजीक संजालको राम्रै सदुपयोग गर्दै आएकी छन ।

मालीकाको पहिलो र द्रोस्रो गित सामाजिक संजालमा भाइरलनै बनेको थियो । हाल मालीकाको हल्का माया के माया, गाढा लगाउने‘’ बोलको गीत म्यृजीकल्लीमा भाइरलनै बनिरहेको छ ।

तपाईको प्रतिक्रिया