सुनदरहरैचा मोरगं / मोरगंको निर्वाचन क्षेत्र नम्वर ६का स्थानीय मतदाताले निर्वाचित लालवावु पण्डीत भन्दा हारेका नेपाली काँग्रेसका नेता डा.शेखर कोईराला नै लोकप्रिय भएको वताएका छन् । जितेर गएका पण्डीतले धन्यवाद सम्म नदिएको र कोईराला भने जनताको घर आँगनमा जनताको समस्या सोध्न आएको कारण पछिल्लो समय नेपाली काँग्रेसका नेता डा. शेखर कोईराला लोक प्रिय हुदै गएको वताएका छन् ।
कोईरालाको पछिललो गतिविधकिा कारण चुनाव हारेता पनि स्थानीय जनताको नजमा भने विजयी भएका छन् । नेकपा का नेता लाल वावु पण्डीत सँग थोरै मत अन्तरमा पछि परेका कोईराला स्थानीयको मन मस्तीस्कमा भने अहिले अग्र स्थानमा रहेका छन् ।
विराटनगर देखी सुन्दरहरैचा नगरपालीका सम्म फैलीएको यो क्षेत्र पछिल्लो समय नेपाली काँग्रेसको गतीविधिका कारण पनि स्थानीयमा काँग्रेस प्रतिको आस्था वढ्दै गएको हो । चुनाव जितेर गएमा नेता स्थानीय मतदाताले देख्न सम्म नपाएका तर हारेका नेता कोईराला भने स्थानीय मतदातामा समस्या बुझ्न आईरहेकाले उनको लोकप्रियता वढ्दै गएको स्थानीयले वताएका छन् ।
चुनाव जितेर धन्यवाद सम्म दिन नभ्याएका निर्वाचित लालवावु पण्डीत लाई मन्त्री वन्नै हतारो भएको सुन्दरहरैचाका स्थानीय हरी लाल चौधरीले वताए । उनले गरीव केही नभएको त्यागी नेता भनेर चिनीएको लाल वावु पण्डीत लाई विभिन्न संचार माध्यममा आएको सम्पतीको विवरणको सत्य जवाफ समेत पण्डीत ले नदिएको वताएका छन् । उनले भोट दिएर जिताईम तर चुनाव सकेको दिन देखी टिभिमा मात्र देख्न पाएको गुनासो गरेका छन् । यता हारेका नेता भोट नहाले पनि घर सम्म आएर धन्यवाद दिएको वताउदै कुरामा मात्र चिप्ला नेता लाई अव देखी आफ्नो मत नखसाल्ने पनि वताएका छन् ।
मोरगंको क्षेत्रनम्वर ६मा परेको सुन्दरहरैचामा पहिलो पटक दुवै नेता लालवावु पण्डीत र शेखर कोईराला चुनाव लडेका हुन् । यता सर्वहारा नेताको रुपमा हाउगुजी वनेका लालवावु पण्डीतले निर्वाचन जितेर गउका थिए । तर पछिललो समय पण्डीतका चुनाव पछिका गतीविधीले स्थानीय मतादाताहरुमा नै उनि प्रतिको वितृष्णा उत्पन्न गराएको सुन्दरहरैचाका मतदाता डोमाई मण्डलले वताएका छन् । उनले सत्ताको मोह चाखेका पण्डीतले झुक्काएर आफ्नो अमुल्य मत लिएर निर्वाचन जितेको वताएका छन् । मन्त्री वनेका पण्डीतले सुन्दरहरैचा लाई वेवास्ता गरेको समेत आरोप लगाएका छन् । आफ्ना कार्यकर्ता लाई मात्र अघि पछि लगाउने र अन्य कार्यकर्ता वाहेका मतदाताको कुने वास्था नगर्ने गरेको आरोप मण्डलको रहेको छ ।
यता शेखर कोईरालाले चुनाव हारेता पनि सवै मतदाता लाई धन्यवाद त्यतीखेरनै गाउ गाउमा गएका दिएका थिए । समय समयमा आफ्नो निर्वाचन क्षेत्रमा घुमी रहने कोईरालाले स्थानीयको समस्या समाधानका लागी निकै पहल कदमी समेत गरेका छन् । पछिल्लो समय कोईराला स्थानीयको भरोसाका केन्द्र समेत रहेको स्थानीयको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया