इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं १० का वडा सचिव नायब सुब्बा विदुर रेग्मी  सेवाग्राहिहरूबाट लिएकाे घुसकाे रकम सहित शुक्रबार दिउसाे रंगेहात समातिएका छन । उनलार्इ अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यलय इटहरीले शुक्रबार रंगेहात नियन्त्रणमा लिएकाे हाे ।  सेवाग्राहि हरूबाट पटक पटक रकम लिदै अाएका रेग्मी याे पटक भने नमिठाे जालमा फसे र रंगेहात अख्तियारकाे टाेलि सामु प्राउ समेत परे । उनलार्इ इटहरीकाे राेज रक माेमाे हाउसबाट अख्तियार र प्रहरीकाे टाेलिले नियन्त्रणमा लिएकाे जनाइएकाे छ ।  एक ब्यवसायीबाट हाेटल दर्ता गरे बापत बिहीबार रू ५ हजार र शुक्रबार १३ हजार लिएकाे अनुशन्धानबाट खुलेकाे छ । बिहीबार ५ हजार उम्काएपनि शुक्रबार १३ हजार लिन अाउदा अख्तियारकाे फन्दामा परेका वडा सचिव रेग्मिलार्इ  नियन्त्रणमा लिएर थप अनुशन्धान सुरू गरेकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यलय इटहरीले जनाएकाे छ ।  सेवाग्राहीबाट विभिन्न बहानामा पैसा लिदै गर्दा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यलयले जनाएको छ ।  भिडियो-

तपाईको प्रतिक्रिया