इटहरी/ स्कुल जीवन हर कोहीलाई झुर लाग्ने गर्दछ किनकि त्यहा पुरै ८ घण्टा शिक्षकको अधिनमा बस्नु पर्दछ तर जब उनीहरु उच्च माध्यमिक तह सम्मको अध्ययन पुरा गर्दछन तब उनीहरु कलेज लेबलमा पुग्दछन र त्यहा उनीहरुको लाइफ्mले अर्कै मोड लिदछ किनकी स्कुल जस्तो हुदैन । विपरित लिंगीप्रति आकर्षण पनि यही उमेरमा बढ्न थाल्छ । विभिन्न हर्मोनहरुको उत्पादनले शरीरमा काउकुती लगाउन थाल्छन् । स्कुलमा शिक्षकसँग डराई(डराई पढ्नुपथ्र्यो, कलेजमा उल्टै सरहरुलाई थर्काउन पाइने, विभिन्न माग राखेर कलेज नै बन्द गराउन पाइने । बडा जोश र जाँगरले भरिएको जीवन । पढाइ, प्रेम, पोलिटिक्स, पहिचान, प्रसिद्धि र पैसा कमाउने यात्राको प्रारम्भविन्दु नै हो, कलेज । कलेजकै बिद्यार्थी हुन्न राजनीतिमा उदाएर शिखरमा पुग्ने पनि । कलेजमै कसैको कसैसँग प्रेम हुन्छ । कलेजका कार्यक्रममा गाउँदागाउँदै कालान्तरमा कोही राष्ट्रिय कलाकार बन्छ । स्वच्छन्द, मस्तीले भरिएको अनि ऊर्जाशील समय हो, कलेज लाइफ ।

तपाईको प्रतिक्रिया