एजेन्सी। विमानस्थलमा पासपोर्ट र आईडी फोटोलाई दिएर प्रत्येक मुलुकले आफ्नो कानुन बनाएका छन् । जस अन्तर्गत फोटो क्लियर, कपाल पछाडि लगेको र नहाँसेको फोटो चाहिन्छ । तर यस्तो किन गरिन्छ तपाइँलाई थाहा छरु केही वर्ष अघि सम्म फोटोमा चश्मा लगाउने र कपालले अनुहारलाई थोरै ढाक्ने अनुमति थियो। तर अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमा २६÷११ आक्रमणपछि यी सबै कुरा परिवर्तन भए । तर मुख्य कुरा पासपोर्टको फोटोमा मुस्कुराउन नपाउनुको कारण के होेरु आउनुस् यस बारेमा जानकारी लिऔं । विमानस्थलमा प्रयोग हुने बायोमेट्रिक टेक्नोलोजीले पासपोर्ट र फोटोलाई पूरै परिवर्तन गरिदिएको छ । केही देशका पासपोर्टमा चिप राखिएको हुन्छ र त्यसमा पूरा जनकारी हुन्छ। यो चिपले अनुहारको पूरै जानकारी दिन्छ । जस्तै दुई आँखाकोबीचको दूरी। नाक र ओठबीचको दूरी र मुखको चौडाई इत्यादी। यी सबै जानकारी फोटोको आधारमा हुन्छ ।

यदि तपाइँ मुस्कुराउनु भयो भने तपाइँको अनुसार सामान्य अवस्थामा रहँदैन । जसका कारण सटिक जानकारी निकाल्न संभव हुँदैन ।  पासपोर्टको ताजा गाइडलाइनमा चश्मा लगाएर फोटो खिचाउन, अनुहारमा कपाल झार्न र मुस्कुराउन पाइँदैन । जब तपाइँ विमानस्जलको इ–गेटबाट प्रलेश गर्नु हुन्छ, तब त्यसमा राखिएको क्यामराले तपाइँको फोटोबाट तपाइँको पहिचान गर्न सक्छ । तपाइँको पासपोर्टमा भएको फोटो र तपाइँको अनुहारको बायोमेट्रिकले मेल खायो भने तपाइँलाई सजिलै प्रवेश दिन्छ होइन भने तपाइँ अनुसन्धानको घेरामा पर्नुहुन्छ । विश्वको प्रत्येक मुलुकको पासपोर्टमा शक्ति हुन्छ । जसका कारण नै तपाइँलाई भिसा मिल्छ । ग्लोबल पासपोर्ट पावर र्यांक २०१८ का अनुसार विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट सिंगापुरको हो । सिंगापुर पासपोर्टधारी वश्वका १२७ मुलुकमा फ्रि भिजा जान सक्छन् । ३९ मुलुकमा भिसा अनअराइभल छ। जबकि ३२ मुलुककालागि भिसाको आवश्यक हुन्छ । यो लिस्टमा दोस्रो नम्बरमा जर्मनी, तेस्रोमा डेनमाक, स्वीडेन, फिनल्याण्ड, लक्जमबर्ग, इटली र फ्रान्स जस्ता मुलुक यो लिस्टमा पर्छन् ।

तपाईको प्रतिक्रिया