आजकालको जमानामा पैसाको ताकत हरेक सम्बन्धभन्दा ठूलो छ । पैसाले सबै कुरा किन्न सकिन्नँ भन्ने उक्ति आजकाल भन्नका लागि मात्र भनिन्छ । तर वास्तविकता यहि छ कि जोसँग पैसा छ त्यसैको खुट्टामा संसार छ । हामीमध्ये धेरैले आफूसँग एउटा घर होस् र धेरै पैसा होस् भन्ने सोच्छौं जसबाट हामीले आफ्नो र आफ्नो बच्चाको भविष्य सुरक्षित राख्न सकून् भन्ने साचेको हुन्छौं । यो संसारमा केहि यस्ता मानिसहरु पनि छ जसको पैसाले उनका थुप्रै पुस्ताले आरामसँग आफ्नो जिन्दगी गुजार्न सक्छन् ।

यस्तै केही व्यक्तिहरुमध्ये एक माइक्रोसफ्टका संस्थापक बिल गेट्स छन् । सन् २०१६ अक्टोबरमा बिल गेट्ससँग करिब ८१.७ बिलियन अमेरिकी डलर थियो । यससँगै उनी संसारका सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा बिल गेट्सले मर्नुपूर्व आफ्ना सम्पूर्ण पैसा आफ्नो सन्तानलाई दिनुको साटो दान दिन चाहेको बताए ।

आफ्नो बच्चाको बारेमा बिल गेट्स भन्छन्, ‘हामीले उनीहरुलाई राम्रो शिक्षा दिक्षा दिएका छौं र केही पैसाको बन्दोबस्त पनि गरिदिएका छौं । अब उनीहरुको अगाडि आफ्नै करियर छ ।’

स्मरण रहोस्, सन् २००० मा बिल गेट्सले ‘बिल एण्ड मलिन्दा गेट्स फाउन्डेसन’ को सुरुवात गरेका थिए जसले संसारभरी आफ्नो समाजसेवाको लागि पहिचान बनाएको छ । ६० वर्षका बिल गेट्सले आफ्नो सम्पत्तिको निकै ठूलो हिस्सा आफ्नो यो फाउन्डेसनलाई दान गरिसकेका छन् । सन् २०१३ मा बिल गेट्सले यो फाउन्डेसनमा २८ बिलियन अमेरिकी डलर दान गरेका थिए र धेरै मानिसहरुलाई समाजसेवा गर्नका लागि प्रेरित गरेका थिए ।

 

तपाईको प्रतिक्रिया