बीरेन्द्रकुमार साह

मोरङ । अहिले देशको बिभिन स्थानमा कृतिम रुपमा ताल पोखरीहरु निर्माणको क्रम बढेको छ र अहिले मानिसहरुको आकर्षण पनि सिमसार क्षेत्रहरुमा बढदो छ आन्तरिक पर्यटनको निक्कै राम्रो संभावना बोकेको सुनबर्शी नगरपालिका वर्डा न १ को केचनामा प्राकृतिक रुपमा अवस्थित कमलपोखरी अहिले प्रचारप्रसारको अभावले सुनसान बनेको छ ।
महेन्द्र राजमार्गदेखि १३ कि मि दक्षिनि भेगमा रहेको यस पोखरीमा अत्यन्तै दुर्लभ मानिने सेतो कमलको फुल पाईनु यसको मुख्य विशेषता हो । पोखरीमा रातो , निलो कमलका फुलहरु प्रशस्त फुल्ने गरेको छ । धेरै प्रजातिका माछा , कछुवा , जल कुखुरा , हाँस र अन्य जलचर प्राणीहरुको पनि यो पोखरी बाशास्थानको रुपमा रहेको छ ।
करिब ९ बिगाह क्षेत्रफलमा फैलिएको यस पोखरीको बिचमा शिवालय मन्दिर रहेको छ भने छेउछाउमा साकेला , ,हनुमान , राम लगायतका देवालयहरु रहेका छन । पोखरीको वरिपरि डिलमा विभिन्न प्रजातिका बोटबिरुवा समेत रहेका छन् । ।बिश्वको मान चित्रमा लबतगचब िसिमसार को ठुलो महत्व छ ।नेपालको सुदुर पुर्बी मोरङ जिल्लाको केहि दक्षिण भागमा रहेकोछ उत्तर महेन्र्द राजमार्ग बाट करिब १३कि। मी। दक्षिण मनमोहन गान्धी मार्ग र दक्षिण रङेली बाट पनि करिब १३ नै कि। मी।उत्तर मा पर्ने एउटा ऐतिहांसिकपोखरी पनि हो यस्पोखारिमा आउनासाथ ढकमक्क कमलको फुल फुलिरहेको अति रमणिय हरियाली वातावरण सगै बिभिन्न चराचुरूङीको मधूर आवाज साथै विभिन्न देवी देऊरालीहरूको अनूपम समगमले भरिपूण भएको पवित्र स्थल देख्न पाइछ रयस पोखरीको बारेमा धेरै किम्वदन्ती अनुसार यस ठाँऊमा परापुर्व काल बाटनै जल पर्लय भएझै निरन्तर जल उत्पती भएकोहुनाले आज सम्म पनि त्यो विशाल ताल लाई देख्न सकिन्छ र त्यहि पोखरीको बिचमा भारत को विशाल धार्मिक स्थल नर्वदा बाट विशेस शिव लिङग ल्याई जलेश्वर माहादेव को शुन्दर मन्दिर स्थापित छ ।साथै जुन रमणिय कमल पोखरी को आँगनमा नै त्यस ठाँऊका स्थानिय बासिन्दा भुमी पुजारी किराँतीहरूको शुन्दर किराँतेश्वर मन्दिर अवस्थित छ यहाँ पुग्न मोरङको पथरी बजारबाट दक्षिण शनिश्चरे , सोमबारे , कुशलचोक हुँदै केचना जानुपर्छ । केचनाको शुक्रबारे बजार ९केचना चोक० कै दक्षिण दिशामा यो पोखरी अवस्थित छ यस पोखरीको प्रचारप्रसारमा एवम यसको सरक्षनमा स्थानिय निकायको ध्यानजान आवस्यक छ

तपाईको प्रतिक्रिया