गाेपाल काफ्ले

पथरी । राम जानकी मन्दिरकाे अायाेजना र हसन्दह स्पाेटिङ क्लवकाे संयाेजकमा दाेस्राे पुर्वाञ्चल स्तरिय पुरुष खुल्ला नक अाउट भलिवल प्रतियाेगिता हुने भएकाे छ । पथरीशनिश्चरे वडा नम्वर ५ स्थित राम जानकी मन्दिरमा परिसरमा चैत ८ गते देखि सुरु गरेर ११ गते राम नवमीकाे अवसर पारेर समापन हुने भएकाे छ । राम नवमीकाे अवसर पारेर प्रत्येक बर्ष हुने प्रतियाेगितामा १ नम्वर प्रदेशका १० टिमकाे सहभागिता रहने छ । प्रतियाेगिताकाे विजेता तथा उप विजेताले नगद ५१ हजार मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन । प्रतियाेगितामा दमक स्पाेटिङ क्लव झापा, पथरी स्पाेटिङ क्लव माेरङ, ए पि एफ पकली सुनसरी, ईनरुवा स्पाेटिङ क्लव सुनसरी, अायाेजक राम जानकी भलिवल क्लव, प्रदेश नं. १ क्षेत्रिय प्रहरी कार्यलय रानी, झुम्का स्पाेटिङ क्लव सुनसरी, तरहरा स्पाेटिङ क्लव सुनसरी, मेहरमान स्मृती प्रतिस्ठान बिर्तामाेट झापा र ईटहरी भलिवल क्लव सुनसरी रहेका छन । प्रत्येक खेलकाे म्यान अफ द म्याच सुरेस दाहालले गरेका छन भने प्रथम र दाेस्राे ट्रफिकाे साैजन्य रेवत बस्नेत (राेसन) ले गरेकाे अध्यक्ष सन्ताेस थापाले बताए । खेलकाे अनुमानित खर्च ३ लाख १७ हजार २ सय हुने सचिव रमेश दाहालले बताए ।

तपाईको प्रतिक्रिया