गोपाल काफ्ले

पथरी । राष्ट्रको लागि खेलकुद, स्वास्थको लागि खेलकुद, एकताको लागि खेलकुद” भन्ने मुल नाराका साथ फागुन २५ र २६ गते भएको खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी दमकले हात पारेको छ । मोरङ पथरीशनिश्चरे सुनाखरी मा।वि। कोटमा जारी पुर्वाञ्चल स्तरीय दोस्रो खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी दमकका पुर्व विजेता सुदिन राई र प्रकाश राईको जोडिले जितेको हो । जातेको राजधन राई र उजिर बुढाथोकीको जोडिलाई २१र१८ र २१र१९ को सोझो सेटमा हराउदै दमकका सुदिन राई र प्रकाश राईको जोडि विजयी भएको हो । जित संगै विजयी टिमले नगद २५ हजार र उपविजेताले १५ हजार ट्रफि, मेडल र प्रमाण प्राप्त गरेको छन । खेलमा तेस्रो स्थान पथरी र ईटहरीको जोडीले नगद १० हजार प्राप्त गरेको छ । विजयी टोलिलाई नेपाल ब्याटमिन्टन संघका केन्द्रीय बरिष्ट उपाध्यक्ष तथा पुर्व खेलाडी चन्द्रसेखर लामाले पुरस्कार बितरण गर्नु भयो ।
ब्याडमिन्टन प्रतियोगितामा दमकको सुदिन र प्रकासको जोडिले ईटहरीको प्रमेस श्रेष्ठ र कुसुम मगरको जोडिलाई २१र१४, ८र२१, र २१र११ को सेटमा खेल जित्दै फाईनल प्रबेस गरेको थियो भने, जातेको राजधन र उजिरको जोडिले पथरीका सुमन राई र बल बहादुर पौडेलको जोडिलाई २१र१४, २२र२० र २१र१४ को सेटमा पराजित गरेको थियो ।
पथरी ब्याडमिटन क्लवको आयोजनामा भएको जोडि पुरुष ब्याडमिन्टनमा पुर्वका १६ जोडिले प्रतिस्पदा गरेका थिए भने खेलको मुख्य प्रायोजक मोरङ हस्पिटलले र प्रायोजक गोर्खाली अटो प्लाजले रहेको थियो ।

तपाईको प्रतिक्रिया