इटहरी । एक नम्वर प्रदेशका सामाजिक विकास मामिलामन्त्री जीवन घिमिरेले देशको आमुल परिवर्तनका विषयमा आफैबाट नयाँ परिवर्तनको कार्य थालनी गर्न जरुरी रहेको तर्फ आफु सचेत भएर लागेको बताए ।
मन्त्री घिमिरेले इटहरीको रङ्गशाला स्थित तेक्वान्दो एकेडेमी भवनमा प्रदेश १ तेक्वान्दो सङ्घ नेपालको पदस्थापना समारोहलाई सम्वोधन गर्ने क्रममा उक्त कुरा बताएको हो । उनले आफ्नो मन्त्रालय अन्तर्गत शिक्षा स्वास्थ्य युवा खेल सामाजिक सुरक्षा जस्ता विषय हेर्ने जिम्मेवारी रहेकाले आफुले विषयगत मन्त्रालय सम्हालेदेखि परिवर्तनको ठोस प्रत्याभूति हुने कार्यतिर केन्द्रित भएर लागि परेको बताए ।
सोही समारोहमा प्रदेश साँसद सर्वध्वज साँवाले प्रदेशसँग ठोस योजना एवम कार्य नीति बनाउने विषयमा प्रदेश सरकारले भरखरै कामको थालनी गरेकाले प्रदेश सरकारले के कस्ता कार्य गर्न जरुरी छ भन्ने ठोस मार्गचित्र तयार हुने बताए ।
सोही समारोहमा तेक्वान्दो सङ्घका महासचिव दिपराज गुरुङ्गले देशमा धेरै खेलहरु सञ्चालनमा रहे पनि आजभन्दा ३५ बर्षअघि शुरु भएको तेक्वान्दो खेलले देशको शीर उच्च राख्ने तथा नेपाललाई विश्व सामु चिनाउने महत्वपूर्ण उपलब्धी दिदै आएकाले यस खेलको प्रवर्धनमा केन्द्रिय प्रदेश र स्थानीय तहसम्मले चासोपूर्वक काम गर्न जरुरी रहेको स्मरण गराए ।
सोही समारोहमा प्रदेश १ तेक्वान्दो सङ्घका अध्यक्ष शैलेस विष्ट,उपाध्यक्षमा जानकीराज भटट्राई , विजय न्यौपाने,शिवराज दाहाल, देवी पन्थी,महासचिवमा फडिन्द्र खड्का,कोषाध्यक्षमा अनन्त विष्ट ,सचिवमा गोपाल राई, सदस्यहरुमा महेश पौडेल,सोमनाथ गौतम,निशा घले ,माधव पौडेल लगायतका नव निर्वाचित कार्य समितिलाई प्रशिक्षक टाजर्न सुब्बाले पद तथा गोपनीयताको सपट ग्रहण गराई पदस्थापन गराएका थिए । कार्यक्रम शैलेस विष्टको अध्यक्षता भएको उक्त कार्यक्रममा इटहरी उपमहानगर पालिकाका प्रमुख द्धारिकलाल चौधरी,एमालेका नगर अध्यक्ष रेवती घिमिरे,रामप्रसाद चौलागाँई,सागर सुवेदी, इटहरी क्रिकेट संघको अध्यक्ष सिपी पौडेल लगायको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया