इटहरी, २६ माघ । धरान रङ्गशालामा जारी बीसौ बुढासुब्बा अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम भिडन्त भोलि चर्चित विभागीय नेपाल प्रहरी टिम र थ्रिस्टार क्लव काठमाण्डौबीच हुनेछ । दुवै टिमले बुढासुब्बा अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधीमाथि जित निकाल्ने कुरामा आ आफ्नो दावी पनि गरेका छन ।
भरखरै पोखराको आहा गोल्डकपको उपाधी जितेर सुनसरी आएको नेपाल प्रहरी टिमले आफ्नो जित पक्का भएको दावी गर्दै आएको छ भने केही हप्ताअघि इटहरीमा भएको नेपालकै सर्वाधिक पुरस्कार १२ लाख नगद राशीको मदन भण्डारी मेमोरियल इटहरी अन्तराष्ट्रिय गोल्डकप जितेको थ्रिस्टारले धरान रङ्गशालामा भई रहेको बुढासुब्बा गोल्डकपको उपाधीमाथि पनि जित निकाल्ने सपना बुन्दै तयारी तिव्र बनाई रहेको बताएको छ ।
यस प्रतियोगितामा आमन्त्रित भारत कोलकताको दुर्गापुर स्टिल क्लवलाई १–० गोलले जित निकाल्दै फाईनल यात्रामा प्रहरीको विभागीय टिमसँगको फाईनले भेट पक्का गरेको थ्रिस्टारले सङ्कटा क्लव काठमाण्डौलाई पराजित गर्दै फाईनलमा आएको नेपाल प्रहरीसँग थ्रिस्टारले सहज जित निकाल्ने रणनीतिकासाथ तयारी गरेको बताएको छ ।
तर नेपाल प्रहरी टिमले पनि भरखरै पोखराको आहा गोल्डकपको उपाधीमाथि कब्जा जमाएको इतिहाँसलाई जिवित राख्दै अर्को उपाधीमाथि जित निकाल्ने गरी धरानमा त्यसै अनुरुपको तयारीमा सक्रिय भएको बताउँदै त्यही अनुरुपको रणनीति बुनेर मैदान छिर्नै तयारीमा जुटेको बताएको छ ।
नेपाल प्रहरी टिमले आफुहरुसँग अनुभवि र शसक्त युवाहरुका जुझारु खेलाडीहरुकै कारणले उपाधी जित्ने दाउँमा आफुलाई शसक्त टिम भन्न रुचाईरहेको पाईएको छ भने थ्रिस्टारले पनि आफुसँग अन्तराष्ट्रिय प्रतिस्पर्धा खेलिसकेका खेलाडीहरुको समेत अनुभव रहेकाले बुढासुब्बा गोल्डकप आफ्नै पक्षमा हुनेमा ढुक्क छौ भनिरहेको छ ।
धरानको बुढासुब्बा अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको ६ लाख नगद राशीको उपाधी कसको पोल्टामा पर्ने हो त्यो हेर्न धरानबासी फुटबल खेलका पारखीहरु उत्साहित बनिरहेका छन भने प्रतियोगितामा उपविजेता बन्ने टिमले ३ लाख रुपियाँको नगद राशीमा चित्त बुझाउनु पर्नेछ । यस खेलको भोलि हुने अन्तिम खेल कसले जित्ला भनेर खेलका पारखीहरुले ब्यग्रतापूर्वक भोलिको खेलका लागि प्रतिक्षारत रहेका छन ।

तपाईको प्रतिक्रिया