विभिन्न खेलकुदको पशिक्षणका लागि सुनसरीबाट तीन विधामा ३४ जना विद्यार्थी छनौट भएका छन ।
राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेको नेपाल खेलकुद प्रतिष्ठानले सञ्चालन गरेको छनौट चरणको खेलका आधारमा कवडि,एथलेटिक्स र भलिवल खेलका लागि विद्यार्थीहरु छनौट भएका हुन । सुनसरी जिल्लाका विभिन्न विद्यालयका ६ सयबढि विद्यार्थीहरुको सहभागिता रहेका उक्त छनौट प्रतिस्पर्धाबाट कवड्डी खेलका लागि ७ जना छात्र र छात्रा ७जना गरी १४ जना एथलेटिक्समा ४ छात्र र ४ छात्रा गरी ८ जना र भविबल तर्फ ६ छात्र र ६ छात्रा गरी १२ जना खेलाडी गरी कुल ३४ जना विद्यार्थी छनौट भएको प्रतिष्ठानकी प्रशिक्षक जीवना प्रजापतीले जानकारी दिइन ।
राखेप अन्तर्गतको नेपाल खेलकुद प्रतिष्ठान मार्फत नेपाल सरकारले बाँके बर्दिया सुनसरी कास्की र कञ्चनपुर जिल्लाका विद्यार्थीहरुलाई दक्षता सम्वन्धि तालिम सञ्चालन गर्ने भएको छ । सुनसरीका विद्यार्थीहरुका लागि कवड्डी एथलेटिक्स र भलिबको प्रशिक्षण सञ्चालन गरिने जनाइएको छ ।
फुटेज एफटीपी इटहरीमा छ ।

तपाईको प्रतिक्रिया