इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ सुनसरीको आयोजनामा आजदेखि प्रारम्भ भएको हिसान स्पोर्ट्स मिट २०७४ अन्तर्गत इटहरीको क्रिकेट मैदानमा अन्तर विद्यालयस्तरीय क्रिकेट खेल प्रारम्भ भएको छ ।
प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा इटहरीको विश्व आदर्श कलेजले पहिलो खेलका निर्धारित १५ ओभरको खेलमा ९ विकेटको क्षतिमा ७६ रनको योगफल तयार पार्ने सफलता प्राप्त ग¥यो । जसमा क्याप्टेन मनिष पोद्दारले १८ कर धीरेन राईल्े ११ रनको साझेदारी जोडेका थिए ।
जवाफी खेलमा मैदान प्रवेश गरेको सुषमा कलेजका खेलाडी शुलभ खड्काले २ र बब्लु झाले ३ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएका सुषमा कलेजले १४ ओभर ४७ रनमा अल आउट भयो । जसमा सुषमाका लागि अगेन चौधरीले ११ रन बाहेक अरु खेलाडीहरुले दोहोरो रन बनाउन सकेनन ।
खेलमा विश्व आदर्श कलेजका खेलाडीहरु डिल्ली भट्टराई र गोपाल लुईटेलले २–२ विकेट र विकल्प आचार्यले खेलमा १ विकेट लिएका थिए । आजको खेलमा विश्व आदर्शका क्रिकेट खेलाडी मनिष पोद्दारलाई म्यान अफ द म्याच घोषित गरिएको छ ।
यसैगरी आजै हिसान मिट अन्तर्गत धरानको एन्फा एकेडेमी खेल मैदानमा छात्र फुटबल खेल प्रारम्भक भएको छ । उक्त खेलका एन्फा उपाध्यक्ष किशोर राईले उद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया