इटहरी, १३ माघ । नेपालमा सञ्चालन भईरहेको अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल खेल अन्तर्गत इटहरी रङ्गशालामा पहिलो पटक सम्पन्न अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार राशी १२ लाख रुपियाँको उपाधीमाथि थ्रिस्टार क्लवका खेलाडीहरुले खेलमा बर्चश्व कायम गर्दैै उक्त उपाधी रक्षा गरेका छन । उपाधीसँगै सर्वाधिक पुरस्कार प्राप्त गर्न सफल थ्रिस्टारका खेलाडी बुद्ध चेम्जोङ्गले गरेको वान भर्सेस वान शैलीमा अघि बढाएको गोल प्रहार नै आजको फाईनल खेलको एकमात्र निर्णायक गोल सावित बन्न पुग्यो । बुद्ध चेम्जोङ्गले प्रहार गरेको उक्त गोलले जाली चुम्दै यस खेलकै सर्वाधिक चर्चा बटुल्दै १२ लाख रुपियाँ मुल्यको गोल सावित गर्न बुद्ध चेम्जोङ्ग ब्यक्तिगत रुपमा सफल खेलाडीका रुपमा पनि सावित बन्न पुगेका छन ।
थ्रिस्टारले उक्त सर्वाधिक १२ लाख नगद राशीको पुरस्कारसँगै विजेताको कप प्रमाण पत्र र ब्यक्तिगत तक्माहरु समेत प्राप्त गरेका छन । खेलमा क्लवका अन्य खेलाडीहरुले अरु थुप्रै पुरस्कारहरु माथि पनि एकछत्र हावी बन्दै क्लवलाई नयाँ सफलता श्रृखला दिलाउन समेत सफल बनेर इटहरीबासी हजारौ दर्शक सामु थ्रिस्टारका खेलाडीहरुले उत्कृष्ठ खेलाडी रहेको क्लवको परिचय समेत बनाउँदै उत्कृष्ठ अनुशासित र इमान्दार खेलाडीहरुको पहिचान बनाउने अवसर पनि प्राप्त गरेका छन छन ।
झण्डै २ बर्षसम्म फुटबल खेल मैदान बाहिर रहेको थ्रिस्टारले आफ्नो क्लवको लोगोमा पहिलो पटक प्रदेश १ कै खेलकुद सिटीको घोषणाको पूर्वसन्ध्यामा आकर्षक इटहरी रङ्गशालामा भाग लिदै यतिधेरै राशीको पुरस्कारमाथि बाजी मा¥यो भने क्ल्वबाट खेलिरहेका खेलाडीहरुले ब्यक्तिगत आर्थिक लाभका नगद पुरस्कारहरु समेत प्राप्त गर्दै एक दिनअघि सञ्चारकर्मीहरुसँग गरेको उपाधी जित्ने घोषणाको दावीलाई निर्णायक मोडमा पु¥याउन पनि सफल बन्यो थ्रिस्टार । अर्थात इटहरी रङ्गशाला थ्रिस्टार क्लवका लागि अत्यन्तै शुभ खेल मैदान पनि सावित बन्न पुग्यो ।
थ्रिस्टारका खेलाडी अनन्त तामाङ्गले प्रतियोगिताका सर्वोत्कृष्ठ खेलाडी घोषित बन्दै २५ हजार नगद र ४२ इन्चको कलर टेलिभिजन प्राप्त गरेको छ । त्यसैगरी सोही क्लवका प्रशिक्षक मेघराज केसीले उत्कृष्ठ कोचको उपाधी सहित २० हजार रुपिया नगद प्राप्त गरेका कछन । आजको खेलमो म्यान आफ द म्याच पनि थ्रिस्टारकै खेलाडी बुकद्ध चेम्जोङ्ग घोषित बन्दै उनले १० हजार नगद प्राप्त गरेका छन । थ्रिस्टारका गोलरक्षक एलेन न्यौपानेले उष्कृष्ठ गोल रक्षको उपाधी सहित २० हजार रुपियाँ प्राप्त गरे भने अजय मार्टिनले उत्कृष्ठद मिकफिल्डर घोषित हुँदै २० हजार रुपयाँ नगद प्राप्त गरेका छन । त्यस्ीतै सर्वाधिक गोलकर्ताका रुपमा पनि थिस्टारकै खेलाडी अजय मार्टिन घोषित हुँदै १५ हजार प्राप्त गर्न सफल भएका छन ।
यो मौसममा २ वटा उपाधी जितिसकेको मनाङ्ग मस्र्याङ्दी क्लव काठमाण्डौले इटहरी रङ्गशालामा उत्कृष्ठ खेल प्रदर्शन गरे पनि गोलरहित अवस्थामा चित्त बुझाउँदै उपविजेता बन्दै ५ लाख रुपियाँ नगद राशी सहित उपविजेताको शिल्ड प्रमाणपत्र र ट्रफीमा चिँत्त बुझाउनु परेको छ । त्यसैगरी सो क्लवका तर्फबाट सुजल श्रेष्ठले सर्वाधिक गोलको उपाधी सहित १५ हजार रुपियाँ नगद प्राप्त गरे भने मिडफिल्डर तर्फ मनाङका हेमन गुरुङ्गले २० हजार रुपियाँ र राईजिङ्ग प्लेयर तर्फ आयोजक राजा क्ल्वका खेलाडी विजय राईलाई घोषित गर्दैै १० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको छ ।
खेलका प्रमुख अतिथि राखेप सदस्य सचिव केशवकुमार विष्टले विजेता तथा उप विजेता टिमलाई नगद शिल्ड र उपाधी प्रदान गर्नुहुँदै यो खेल चौथो संस्करणमा पुग्दा विजेताले १ करोड रुपियाँ नगद राशी प्राप्त गर्ने तयारीकासाथ यो खेल अघि बढेको जानकारी समेत दिनुभयो ।
मदन भण्डारी फाउण्डेशनको सहयोगमा राष्ट्रिय जागृति क्लवका अध्यक्ष सञ्जिव ढुङ्गानको अध्यक्षतामा भएको खेल समापन समारोहमा एन्फ उपाध्यक्ष किशोर राई लगायतका अतिथिहरुले पनि विभिन्न पुरस्कारहरु वितरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया