अस्मिता पोखरेल/ काठमाडौँ   कात्र्तिक १७ ः नेपाली सांगीतिक बजारमा सर्वाधिक रुपमा चर्चित गायक लोकेन्द्र शाहि र माया पार्धे को  मोैलिक लोकदोहोरी  एल्वम  “ मेरो माया काडाँ भो ”  युटुव मार्फत आज सार्वजनिक गरिएको छ । भैरब कालिका म्युजिक प्रा लीकोे प्रस्तुतिमा सुजन राना मगरको पहिलो कोशेली गितमा माया प्रेममा विछोड पर्दाको अवस्थालाई चित्रण गरिएको छ ।कहिले काहीँ देखेको कुरा पनि झुटो हुन सक्छ माया गर्ने ले बिश्वास पनि गर्न सक्नु पर्छ आफुले माया गर्ने मान्छेलाइ भन्ने कुरा भिडियोले एक दमै राम्रो तरिकाले देखाएको छडाइरेक्टर काजिश श्रेष्ठले भिडियोलाइ निकै राम्रो तरिकाले दर्शाएको छ ।
 विगतको यादलाई सगुनले आफना प्रेमी लोकेन्द्रलाई जिवनभरि साथ दिन आग्रह गरेकि छन । गितमा कर्ण संन्ज्यालको लय रहेको छ साथै भिडियोलाई काजिस श्रेष्ठले निर्देशन गरेका हुन  । मायामा धोका पाउदा आखाँमा आउने आशुँ ले भुल्न निकै अफटयारो पर्ने गर्छ हैन र  ? “मेरो माया काडाँ भो ” को भिडियो सागर गौतमले छायाँकन गरेका हुन भने भिडियोलाई रमित ओलीले सम्पादन गरेका छन । भिडियोमा लोकेन्द्र शाहि र सगुन शाहीको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया