गाेपाल काफ्ले पथरी भदै १९ माेरङकाे लेटाङ नगरपालिकामा भएकाे प्रथम किर्तिमान च्यालेन्ज कपकाे उपाधि बेलबारी स्पाेटिङ क्लव बेलबारी चुमेकाे छ । किर्तिमान युवा क्लवकाे अायाेजनामा भएकाे फाईनल खेलमा बेलबारी फुटवल क्लवले ट्राईबेकरमा ७ का बिरुद्घ ८ गाेल गर्दै संगम स्पाेटिङ क्लव लक्ष्मिमार्गालाई पराजित गरेकाे हाे । बेलबारीका तर्फबाट दाेस्राे हाफकाे ७ अाै मिनेटमा भूषण लिम्बुले गाेल गर्दै अाफ्नाे टिमलाई अग्रता दिलाए भने खेलकाे ५१ अाै मिनेटमा लक्ष्मीमार्गाका सुमन राईले गाेल गर्दै खेल बराबरीमा पुर्याए । निर्धारित समय सम्म खेल बराबरी भए पछि खेलकाे निर्णय ट्राईबेकरमा पुगेकाे थियाे । ट्राईबेकरमा लक्ष्मीकमार्गबाट सुरेस राई, भूषण लिम्बू मिस चेङ्ग, सुमन राई, राजकुमार चाैधरी, बिदेश राई, सुमन देवान, एनाेस मगर, ले गाेल गरे भने किपर सुजन कार्कीकाे गाेल पाेलमा लागेर बाहिरिएकाे थियाे । बेलबारीका निरज बस्नेत, अशाेक खवास, नानि भाइ पाचकाेटि, बिबेक पाैडेल, सुमन श्रेष्ठ, दिपेन धिमाल र राजकुमार राईले गाेल गरेका थिए । । निकै प्रतिस्प्रदात्मक खेलमा पहिलाे हाप गाेल रहित बराबरीमा भएकाे थियाे । जित संगै लक्ष्मिमार्गले नगद ३० हजार र उप बिजेताले नगद २० हजार संगै प्रमाण पत्र र ट्रफि पाएकाे छ । खेलमा संगम स्पाेटिङ क्लव लक्ष्मीमार्ग मिस चङ्ग बेष्ट मिडफिल्डर, बेलबारी फुटबल क्लवका सुमन श्रेष्ठ बेष्ट डिफ्रेन्स, भूषण लिम्बू सर्वाे उतकृष्ट खेलाडी, बेष्ट गाेल किपर सनम राई, बेष्ठ स्टाईकर सेखर लिम्बु हाई स्काेर निशान लिम्बू घाेषित भए । बिजेता तथा उपबिजेता लाई लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले पुरस्कार बितरण गरनु भएकाे थियाे । लक्ष्मिमार्ग फुटवल क्लवले अायाेजक किर्तिमान र पथरी स्पाेटिङ क्लवलाई पराजित गरेकाे थियाे भने बेलवारी फुटवल क्लवले जदाहा फुटवल क्लव जदाहा र एकता फुटवल क्लव बिराटचाैकलाई पराजित गर्दै फाईनल पुगेकाे थियाे । भदै १२ देखि १९ गते सम्म सम्पन्न खेलकाे ॐ श्री क्रसर उधाेगकाे मुख्य प्रायाेजक रहेकाे थियाे त्यस्तै खराने ग्रुपले सह प्रायाेजक रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया