इटहरी । तिजको आयो लहर, रातै छ झिलिमिली गाँउ शहर संचारकर्मी चन्दा खड्काको नयाँ तिज गित पुर्वमा चर्चित बन्न थालेको छ । चन्दाले तेस्रो तिजको गिती एल्बम सार्वजनिक गरेसंगै पुर्वमा गितका पारखीहरुले चन्दाका नयाँ गितलाई मन पराउन थालेका हुन ।

महिलाहरुको महान पर्व तिज आउन केही समय अघि देखिनै तिज विशेष कार्यक्रमहरु सञ्चालन गर्ने क्रमपनि पुर्वी नेपालमा केही वर्ष देखि सुरु भएको छ । यस पटक पनि तिज आउन एक महिना अघि देखिनै तिज विशेष कार्यक्रमहरु सञ्चालन हुन थालिसकेका छन । पुर्वी नेपालमा यस पटक आयोजना भई रहेका तिज विशेष कार्यक्रमहरुमा चन्दा गितहरु निक्कै रुचाइएको पाइन्छ । नमस्ते एफएम की कार्यक्रम संयोजक समेत रहेकी चन्दा पुर्व क्षेत्रमा एक सफल कार्यक्रम सञ्चालकका रुपमा समेत परिचित छिन । पुर्वाञ्चलका विभिन्न ठाँउमा आयोजना गरिने महोत्सव तथा अन्य कार्यक्रमहरुमा उद्घोषणका लागि चन्दाको माग हुने गरेको छ । उद्घोषण गर्दा समेत मुक्तक ,सायरी र गजल सुनाउदै दर्सक श्रोताको मन जित्न सफल हुदै आएकी चन्दाले यस अघि दुई वटा तिज गितका एल्वम निकाली सकेकी थिएन । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गरी तिज आउन केही महिना अघि नै तिजको एल्वम ल्याउने सोच बनाएपनि ढीलो भएको उनले सुनाइन । यस पटक भने आफनो गित तयार हुन र म्युजिक भिडियो बनाउन ढिलो भएपनि दर्सकहरुले मन पराएको पाएको चन्दा सुनाउछिन ।
संचारकर्मी चन्दाले हालै बजारमा ल्याएको तेस्रो तिज गितको एल्वममा दुई बटा गित समावेश भएका छन । टाइटल गितको भने म्युजिक भिडियो समेत निर्माण गरिएको छ । सो म्युजिक भिडियोको निर्देशन प्रकास सुब्बाले गरेका हुन भने सम्पादन निसान घिमीरे गरेका हुन । रिना न्यौउपानेको नृत्य निर्देशन रहेको सो म्युजिक भिडियोमा स्वयम गायिका चन्दा सहित नागी डान्स सेन्टरका कलाकारहरुले अभिनय गरेका छन । हिन्दु महिलाहरुको महान चाढ हरितालिका तिजलाई लक्षित गरी तेस्रो सांगीतिक एल्बम तिजको लहर बजारमा ल्याएकी चन्दाको एल्वममा रहेका दुवै गित राजनराज शिवाकोटीको शब्द र लय संकलनमा तयार पारिएको हो । काठमाण्डौको मालाश्री स्टुडियोमा रेकर्ड गरीएको दुबै गितको एरेन्ज बिनोद बाजुरालीले गरेका हुन । यस अघि आफुले बजारमा ल्याएका तिज गितका दुई वटै एलबमले सफलता पछि तेस्रो एलबम निकाल्न हौसला मिलेको चन्दा बताउछिन । सुमधुर स्वरकी धनी चन्दा नमस्ते एफ. एममा मनोरञ्जन कार्यक्रमका साथै साहित्यीक कार्यक्रमहरु समेत सञ्चालन गर्छिन । उनले सञ्चालन गर्ने कार्यक्रमहरुलाई समेत श्रोताहरु धेरै नै मन पराउने गरेको नमस्ते एफ.एम. का स्टेसन मेनेजर सोनु जयन्ती बताउछन । श्रोता तथा दर्सकहरुले आफना गितहरु मन पराएर माया गरे तिज मात्र नभएर अन्य किसिमका गिती एल्वम निकाल्ने सोच रहेको गायिका चन्दा बताछिन । गितकार पुजा मारियाको शब्दमा तथा गायिका चन्दाको स्वर रहेको प्रदेशीको यादमा एल्वम समेत केही समय अघि बजारमा आइ सकेको छ ।

तपाईको प्रतिक्रिया