इटहरी । खेलकुद क्षेत्रका दृष्टिकोणले पुर्वकै हवका रुपमा विकसीत वन्दै गएको इटहरीमा भदौ ७ गते देखि १२ गते सम्म हुुने पुर्वाञ्चल स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।

इटहरीमा विगत केही वर्ष यातादेखि खेलकुद क्षेत्रले गति लिन थालेको छ । पुर्वाञ्चलमा केही महिना अघि सम्पन्न आठाँै राष्टिय खेलकुल प्रतियोगिताको धेरै खेलहरु इटहरीमै सम्पन्न भएका कारण पनि खेलक’दप्रेमीहरुको उत्साह बढेको छ । इटहरीमा क्रिकेटको बढ्दो लोकप्रियता र खेलाडीहरुको खेल चाहनालाई मध्यनजर गरेर प्रतियोगिता गर्न लागिएको आयोजक इटहरी ग्रीनसिटी क्रिकेट क्लवका आशिष कार्कीले जानकारी दिए । प्रतियोगितामा सुनसरी मोरगं र झापा ८ बटा क्रिकेट टिमको सहभागिता रहेको जनाइएको छ । प्रतियोगितामा पहिलो हुने टिमलाई नगद २५ हजार सहित शिल्ड प्रमाण त्यसै गरी दोस्रो ह’ने लाई १५ हजार नगद सहित शिल्ड र प्रमाण प्रत्र प्रदान गरिने प्रतियोगिताका संयोजक कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया