इटहरी, साउन । मानव जीवनका विविध बाध्यात्मक कारणले परिवारबाट बिछोडिएर वा परिवारको हेरबिचार अभावका कारणले सडकमा आउने बालबालिकाहरुको रक्षाका लागि बाल हेल्प लाईन १०९८ लाई सवैेले विशेष महत्व दिएर हेनु पर्ने कुरामा जोड दिईएको छ ।भ्वाईस अफ चिल्ड्रेन इटहरीले यहाँ आयोजना गरेको कार्यक्रमका बक्ताहरुले बालबालिकाहरु विशेष परिस्थितिले सडकमा आउन बाध्य हुने गरेको तर्फ समाजका सचेत बर्गका रुपमा रहनु भएका सञ्चारकर्मीहरुले यसलाई अझ अन्य बर्ग समुदायलेभन्दा विशेष चासोकासाथ हेनु पर्ने कुरामा पनि जोड दिईएको छ ।समाज रुपान्तरण र जिम्मेवार समाज निर्माण गर्दै राज्यको हरेक निकायलाई कर्तब्यप्रति जवाफदेहि तुल्याउन सक्रिय सञ्चार क्षेत्रले जिम्मेवार भएर बाल हेल्प लाईन १०९८ को महत्वलाई बुझेर समाजका हरेक निकायलाई कर्तब्यनिष्ठ तुल्याउन सञ्चारकर्मीहरु सक्रिय भएको अवस्थामा बालबालिका सडकमा आउने विषय समेत रोकिने विश्वास समेत गरिएको छ ।कार्यक्रमका सहजकर्ता बक्ताहरुले सडकमा आउने बालबालिकाहरुको संरक्षण र रोकथाममा राज्यले जति नै सम्वेदनशील भएर सक्रिय रहे पनि यस तर्फ सञ्चार माध्यमहरु सचेतनापूर्वक नलागेसम्म सडकमा आउने बालबालिकाहरुको समस्याको निकास निक्लन नसक्ने तर्फ पनि बक्ताहरुले जोड दिनुभएको छ ।गरिवी अशिक्षा परिवारको विखण्डन बाल बिवाह अन्तर जातीय बिवाह र पछिल्लो समयमा बैदेशिक रोजगारमा जाने परिवारमा फैलिएको विकृति लगायतका कारणले बालबालिकाहरु सडकमा आउन बाध्य हुने गरेका घट्नाहरु पनि विद्यमान रहन गएकाले अव त्यस तर्फ पनि सवैले ध्यान दिनु पर्ने  कार्यक्रमका बक्ता एवम सहजकर्ताहरुले विषय वस्तु औल्याउनु भएको छ ।त्यस कार्यक्रममा भ्वाईस अफ चिल्ड्रेन अभियानका सुमन अधिकारी राज घिमिरे भरत थापा, अमर खड्का लगायतले सडक बालबालिकाहरुले भोग्नु परेका समस्याका विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागि सञ्चारकर्मीहरुले पनि आ आफ्नो अनुभव र दृष्टिकोण राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया