जिन्दगीले जिन्दगीसंग जिन्दगी मागिरहयो

अन्तिम सासले छोटो एक अबधि मागिरहयो

केवल आवश्यकतामा याद गर्छन मान्छेहरु

जस्तो अधेरी रातले मैनवत्ति मागिरहयो

आमाले निस्वार्थ रुपमा प्रेम गरिरहिन

छोरोले आमासंग सम्पति मागिरहयो

तलामाथि छोरो रममा रमरम छ

लम्पसार सिढिमुनि बाउ बिरामी ओखति मागिरहयो।

तपाईको प्रतिक्रिया