इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आर्थिक अनियमितताको विषयमा कार्वाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ ।
प्रतिष्ठानले निर्माण गर्न लागेको क्यान्सर तथा मुटु उपचार सम्वन्धी भवन लागि परार्मशदाता नियुक्ती गर्दा तथा एमआरआई मेशीन खरिद प्रकृयामा समेत करोडौको आर्थिक चलखेल भएको भन्दै परेको उजुरीको विषयमा अख्तियारले चासो देखाएको हो । झण्डै चार अर्व रुपैैयाको लागतमा क्यान्सर तथा मुटु उपचार भवन निर्माण कार्यका लागि परामर्शदाता नियुक्ती गर्दा विगतमा निर्माण लागतको डेढ प्रतिशतमा प्रतिष्ठानमै काम गर्दै आएको केज कन्सल्टेन्सीलाई अहिले ३ दशमलव ५ प्रतिशत दिने गरी परामर्शदाता नियुक्ती गरी सम्झौता गरिएको भन्दै छानवीनको माग गर्दै अख्तियारमा उजुरी परेको थियो । प्रतिष्ठानले एमआरआई मेशीन खरिद प्रकृयामा समेत ठुलै आर्थिक चलखेल गरिएको अतिख्यारमा परेको उजुरीमा उल्लेख छ । एमआरआई मेशिन खरिद सम्वन्धी बोलपत्र आह्वान गरिएपनि फिलिप्स कम्पनीको मात्र टेण्डर परेको भन्दै १२ करोड रुपौयामा पाइने १ दशमलव ५ टोस्ला मेशीनलाई १६ करोडमा खरिद गर्ने गरि प्रकृया अघि वढाएको विषयमा समेत अख्तियारमा चासो देखाएको छ ।
अख्तियारको पुर्वाञ्चल क्षेत्रीय प्रमुख प्रेम भट्टराईले प्रतिष्ठानमा भौतिक पुर्वाधार निर्माण उपकरण खरिद लगायत विविध आर्थिक अनियमितता र अदक्ष व्यवस्थापनको विषयमा परेका उजुरीहरुका सम्वन्धमा छानविन भईरहेको बताए ।

नियम अनुसार औषधि व्यवसाय आफैले गर्नु पर्नेमा प्रतिष्ठानले लाइफ केयरलाई दिदा त्यहाँ आर्थिक अनियमतता भएको अख्तियारको आशंका छ ।
प्रतिष्ठानका उपकुलपति प्रा . डा राजकुमार रौनियार लगायतको मिलेमतोमा सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्नुको सट्टा अरबौको लागतमा भौतिक पुर्वाधार निर्माण र उपकरण खरिदलाई प्राथमिकता दिदै आर्थिक चलखेलमा ध्यान दिन थालेको सेवाग्राहीहरु समेतको आरोप रहेको छ ।

त्यसै गरी आर्थिक चेलखेल गर्नका लागि प्रतिष्ठानले नियम विपरित लिन लागेको एमडी एमएस तहको पुन प्रवेश परिक्षा उच्च अदालत विराटनगरका न्यायधिश शिवराज अधिकारीको इजलासले रोक्न आदेश दिएको छ । एमडी एमएस तहको प्रवेश परिक्षामा तोकीएको संख्या बराबर विद्यार्थीहरु उत्तिण नभएको भन्दै यही साउन ८ गते पुन प्रवेश परिक्षा लिने सुचना जारी गरेको थियो ।
प्रतिस्ठानका उपकुलपति रौनियार र अस्पताल निर्देशक गौरीशंकर शाह समेतका पदाधिकारीहरुले विदेशी विद्यार्थीहरुसंग बढी रकम असुल्नका लागि पुन परिक्षा लिन लागेको विद्यार्थीहरुको आरोप रहेको थियो ।

तपाईको प्रतिक्रिया