सिरहा,। सिरहा जिल्लास्थित मिर्चैयादेखि कल्याणपुर हुँदै सिरहासम्म पुग्ने राजमार्ग ओटासिल गरेको वर्ष नवित्दै जराजीर्ण बनेको छ । आर्थिक वर्ष २०६९÷०७० मा जिल्ला बिकास समिति सिरहाले एसएनआरडिपी परियोजना अन्तर्गत करीव ६ करोड रकम खर्च गरेर यो सडकमा पिच गराएको थियो । तर कमिशनखोरीको कारण कमअसल र गुणस्तरहिन काम गर्दा सडकको यो हविगत भएको छ ।
मिर्चैयादेखि कल्याणपुर हुँदै सिरहा सदरमुकाम पुग्ने यो सडकको यतिवेला वेहाल छ । ओटासिल कालोपत्रे सरह नै हुन्छ । ओटासिल कम्तिमा ५ बर्षसम्म टिक्नुपर्छ । तर यो सडक ओटासिल भएको चार बर्ष पुरा नगर्दै नामोनिशान मेटिएको छ । २० किलोमिटर दुरीको यो सडक ओटासिल पिच गर्न सुनकोसी मैनाचुली र रमण कन्ट्रक्सन कम्पनीले ठेक्का पाएका थिए । काम पुरा नहुँदै ओटासिल भत्कन सुरु भएको थियो । तरपनि सम्बन्धित निकायले चासो देखाएन । त्यतिबेला स्थानीयबासीले जिल्ला विकास समिति पुगेर सडकमा गुणस्तर काम गराउनुपर्ने माग गरेका थिए । तर जिविसका तत्कालिन एलडिओ र इन्जिनियर कमिशनमा किनिए । ठेक्केदारलाई आफूखसी गुणस्तरहीन ओटासिल गरे । त्यही कारण एक बर्ष नबित्दै ओटासिल पिच भत्कियो र अहिले नामनिशान पनि मेटिसकेको छ ।
सडकमा ठुलठुला खाडल मात्र बनेको छैन अपितु पानी जमेर पोखरीकै स्वरुप देखिन्छ सडकमा । सार्वजनिक यातायात आवागमन बन्द भएको छ । बस चल्न छोडेपछि यस भेगका लाखौं जनतालाई सदरमुकाम पुग्न चोहर्वा–सिरहा मार्ग प्रयोग गर्नु परिरहेको छ । जसको कारण दोव्वर समय र गाडी भाडा खर्चिुनु परिरहेको छ । सडकका दायाँ वायाँका बासिन्दाहरुलाई पैदल हिड्न पनि सास्ति भोग्नु परिरहेको छ । टेम्पो, अटो रिक्सा र मोटर साईकलमा सवारी गर्नेहरुले पनि दुर्दशा भोगेर गन्तव्यमा पुग्न बाध्य छन् । सडक अवरुद्ध हुदा कल्याणपुर नगरपालिकासम्मको आवागमन नै बन्द भएको छ ।
यो सडकमा तत्कालिन जिल्ला बिकास समिति सिरहाले गत आर्थिक वर्षमा ६ करोड वजेट खर्च गरेर ओटासिल पिच गराएको थियो । त्यसैगरी पिच हुनु अगाडी लगातार ३ आर्थिक वर्षदेखि यही सडक मर्मतका गर्न करीव १ करोडको ग्राभेल हालिएको जिल्ला समन्वय समितिकै तथ्यांकले देखाउँछ । स्थानीय बासिन्दाहरु भन्छन्– ठेकेदारले अलि अलि ग्राभेल कतै कतै छरेर छोडिदिन्छन् । पिच हुँदा पनि जिल्ला बिकास समितिका प्राविधिकहरुले कमिशन खाएर कमअसल र गुणस्तरीय काम गरियो । जसको कारण हामी स्थानीय जनताले सास्ति भोग्न बाध्य छौं ।
सडक निर्माण तथा मर्मतमा अनीयमितता र कमअसल काम गरिएको जिल्ला समन्वय समिति सिरहाका स्थानीय विकास अधिकारी सुरेश कुमार राउत स्वयं स्विकार गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ– म आउनु अगाडी जिल्ला प्राविधिक शाखाले राम्रो काम गरेन । गडवड भएको छ भन्ने सुनेको छु । जिल्ला समन्वय समितिवाटले छिट्टै सडक मर्मत गराउँछ ।

तपाईको प्रतिक्रिया