धरानः एनालाईट जीमको आयोजनामा प्रथम नेपाल च्याम्पियन खुल्ला राष्ट्रिय शाररीक सुंगठन प्रतियोगीता धरानमा हुने भएको छ । सोमबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी भदौ २७ र २८ गते धरानको भानुचौकमा सो प्रतियोगीता आयोजना गर्न लागेको आयोजक एनालाईट जीमका सम्योजक बिक्रम लिम्बुले जानकारी दिए ।
प्रतियोगीताको पहिलो दिन प्रि जजीङमा ५५, ६०,६५, ७०, ७५ र ७५ केजी माथको तौल गरी छ वटा इभेन्टमा प्रि जजिङ राउण्ड सम्पन्न गरिनेछ भने दोश्रो दिन सोही तौल समुहमा फाईनल च्यामपियन सिपको प्रतिष्पर्धा गराईनेछ । सम्योजक लिम्बुका अनुसार प्रत्येक तौलका विजेतालाई अन्तिम प्रतिस्पर्धा(ओभरअल) गराई विजेता घोषणा गरिने छ साथै प्रत्येक तौलमा पनि विजेता धोषणा गरीने छ ।
प्रथम संस्करणको नेपाल च्याम्पियन खुल्ला राष्ट्रिय शाररीक सुंगठन प्रतियोगीतामा देशभरीका ३० जना खेलाडीहरुको सहभागि रहने छन् । विजेता बन्ने ‘बडिविल्डर’ले नगद १ लाख रुपैया सहितको ट्रफी पाउने छ भने दोश्रोले ५० हजार तेश्रोले ४० हजार चौथोले ३० हजार तथा पाचौले २५ हजार नगद पुरस्कार पाउनेछन । त्यसैगरी प्रत्येक तौल विजेतालाई नगद ५ हजार प्रदान गरिने सम्योजक लिम्बुले जानकारी दिए ।

तपाईको प्रतिक्रिया