इटहरी । महिन्द्रा कम्पनीका अटोमोबाईल्स विक्रि गर्दै आएको अग्नि ग्रुपले सुनसरीको इटहरीमा पनी क्षेत्रीय कार्यालयको शुभारम्भ गरेको छ । पूर्वमा बढ्दै गएको अटोमोबाईल्सको व्यापारलाई लक्षित गर्दै अग्नि ग्रुपले १ नम्बर प्रदेशलाई मध्यनजर गर्दै क्षेत्रीय कार्यलय स्थापना गरेको हो । क्षेत्रीय कार्यालयसँगै सोरुम र सर्भिस सेन्टर पनि स्थापना गरिएको छ ।
क्षेत्रीय शाखा कार्यलयको अग्नि ग्रुपका अध्यक्ष अर्जुन शर्माले कार्यालय तथा सो रुमको उद्घाटन गरेका हुन । पूर्वका ग्राहकलाई लक्षित गर्दै महिन्द्रा कम्पनीका अटोमोबाईल्सको विक्रीसँगै सर्भिसमा पनि ध्यान दिइएको बताए ।
पूर्वमा धेरै डिलरहरु भएपनि क्षेत्रीय कार्यालय नभएको अवस्थामा व्यापारको थप प्रर्वधन गर्न कार्यलय स्थापना गरिएको कम्पनीका सेल्स प्रमुख प्रत्युस श्रेष्ठले जानकारी दिए ।
इटहरीको कार्यलयबाट टुह्विलरसमा मोटरसाईकल, स्कुटर यस्तै फोर ह्विलरस्का ट्रयाक्टर लगायत अन्य सवारीको विक्री गर्नुका साथै सबै खाले सर्भिस पनि दिने बताइएको छ ।
सवारीका स्पेयर पार्ट्स पनि सर्वसुलभ मुल्यका उपलब्ध गराउने कम्पनीले जनाएको छ । अग्नि ग्रुपका देशभर ६ वटा क्षेत्रीय कार्यलयहरु, ५४ वटा डिलर रहेको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया